Comments Add Comment

कर्णाली प्रिमियर लिगको उपाधि त्रिभुवन आर्मीलाई

सुर्खेत । त्रिभुवन आर्मी क्लबले कर्णाली प्रिमियर लिग (केपीएल) को उपाधि हात पारेको छ ।

फाइनल खेलमा न्यू होराइजन बुटवललाई ५९ रनले हराउँदै आर्मीले उपाधिसँगै पाँच लाख पुरस्कार हात पार्यो । उपविजेता न्यू होराइजन बुटवलले दुई लाखमा चित्त बुझाएको छ ।

१४७ रनको लक्ष्य पाएको न्यू होराइजनले १८.३ ओभरमा सबै विकेट गुमाएर ८७ रन मात्र बनाएपछि फराकिलो हार भोगेको हो । टोलीका लागि विशाल सुनार २६ र निश्चल चौधरीले १९ रन बनाउदा राहुल प्रजापतिले १२ सुनिल धमलाले ११ रन बनाएपनि अरुले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

आर्मीका जितेन्द्र मुखियाले तीन ओभर तीन बलमा ८ रन र सहाब आलमले तीन ओभरमा १३ रन दिएर समान तीन-तीन विकेट हात पारे ।

टस जितेर ब्याटिङ गरेको आर्मीले हरिबहादुर चौहानको ५६ रनको अर्धशतकीय पारीसँगै ६ विकेट गुमार १४६ रन बनायो । आर्मीका राजु रिजालले ३४ रन जोड्दा भीम सार्कीले सात बलमा तीन छक्का सहित अविजित २१ रनको आक्रमक पारी खेले ।

बुटवल होराइजनका कप्तान शक्ति गौचन सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले रु ५० हजार पुरस्कार प्राप्त गरे । आयोजक कर्णाली–११ का कप्तान रवीन्द्रजङ्ग शाहीले उत्कृष्ट ब्याट्सम्यान र आर्मीका सुशन भारीले उत्कृष्ट बलर बन्दै समान रु २० हजार पुरस्कार पाए ।

वैशाख १२ गतेदेखि वीरेन्द्रनगरमा शुरु भएको प्रतियोगिताको ८ टिम सहभागी थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment