Comments Add Comment

जेष्ठ नागरिकलाई लिएर वडाअध्यक्ष हिँडे तीर्थ

Photo Credit : शिवु खनाल

२२ वैशाख, दाङ । मातातीर्थ औंसी अर्थात आमाको मुख हेर्ने दिन दाङका एक जना वडाअध्यक्षले आफ्नो वडाका जेष्ठ नागरिकहरुलाई तीर्थ घुमाएका गराएका छन् ।

लमही नगरपालिका वडा नम्बर ५ का अध्यक्ष विमबहादुर केसीले ७० वर्षभन्दा माथिका ७५ जना जेष्ठ नागरिकहरुलाई धारपानी पाण्डवेश्वर मन्दिर घुमाएका हुन् ।

धारपानी लमहीबाट करिब ३५ किलोमिटर दुरीमा पर्दछ ।

वडाको जेष्ठ नागरिक सम्मान कार्यक्रम अन्तर्गतको एक लाख २५ हजारको बजेटबाट जेष्ठ नागरिकलाई पाण्डवेश्वर मन्दिर दर्शन गराउन लगेको वडाअध्यक्ष केसीले बताए ।

‘आमाको मुख हेर्ने दिन जेष्ठ नागरिकलाई टीका मालासहित धार्मिक भ्रमण गराउन पाउँदा जनप्रतिनिधि नभएर सन्तानकै रुपमा दायित्व पूरा गरेको अनुभुति भएको छ,’ केसीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment