Comments Add Comment

उत्तर कोरियाद्वारा छोटो दुरीका मिसाइल परीक्षण

२२ वैशाख, काठमाडौं । उत्तर कोरियाले छोटो दुरीका मिसाइलहरु प्रक्षेपण जारी राखेको छ । कोरियाली प्रायद्वीपलाई निःशस्त्रीकरण गर्न अमेरिकासाग भइरहेको वार्तामा प्रगति नभइरहेको बेला उत्तर कोरियाले शनिबार र आइतबार मिसाइल प्रक्षेपण गरेको हो ।

उत्तर कोरियाका नेता किम जोंग उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच दुई पटकसम्म शीखर वार्ता भइसकेको छ । तर, आणविक अस्त्र निशस्त्रीकरणमा प्रगति भएको छैन । अमेरिकासाग भियनामा भएको दोस्रो शिखर वार्ता निष्कर्षविहीन भएपछि उत्तर कोरियाली नेता किमले रुसी राष्ट्रपति भ्लादमिर पुटिनसँग भेटवार्ता गरेका थिए ।

पुटिनसँग वार्ता भएको केही महिनालगत्तै उत्तर कोरियाले शनिबार र आइतबार लागातार छोटो दुरीका मिसाइल प्रहार गरेको छ । कोरियाली समाचार एजेन्सी केसीएनएले मिसाइल प्रहारका तस्वीरहरु सार्वजनिक गरेको छ । केसीएनएका अनुसार नेता किम जोंग उनले पनि मिसाइल प्रहारको अवलोकन गरेका छन् ।

दक्षिण कोरियाले उत्तर कोरियाले पूर्वी तटसाग जोडिएको होदो प्रायद्वीपको वोनसनतर्फ रकेट प्रक्षेपण गरेको जनाएको छ । ति मिसाइलले पूर्वी सागरमा ७० देखि १०० किलोमिटरसम्मको दुरी पार गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment