Comments Add Comment

वनभोज गएका लेखापाल महाकालीमा डुबेर बेपत्ता

Photo Credit : महाकालीमा डुबेर बेपत्ता डम्बर पाल ।

२२ वैशाख, डडेल्धुरा । जिल्लाको भागेश्वर गाउँपालिकाका सहायक लेखापाल डम्बर पाल महाकाली नदीमा डुबेर बेपत्ता भएका छन्।

वनभोज खान गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीसँगै गएका पाल नुहाउने क्रममा डुबेर बेपत्ता भएका हुन् ।

गाउँपालिका जनप्रतिनिधि र कर्मचारी रुपालस्थित महाकाली नदी किनारमा वनभोज खान गएको र त्यही क्रममा शनिबार दिउँसो ३ बजे नुहाउन पुगेका पाल डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीले जानकारी दिए।

वेपत्ता भएका लेखापालको खोजी भइरहेको प्रहरीले जनाएको छ । गाउँपालिका अध्यक्ष कौशीला भट्टसहितका जनप्रतिनिधि पनि वनभोज खान महाकाली नदी किनारमा गएका थिए।

यसैबीच, डडेल्धुराको भित्री मधेसमा पर्ने परशुराम नगरपालिका–६, स्थित रंगुन खोलामा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु ज्यान गएको छ ।

परशुराम नगरपालिका ६, सिमलखेतका दुर्गाबहादुर पुन मगरका १२ वर्षीय छोरा धमेन्द्र पुन मगरको डुबेर ज्यान गएको इलाका प्रहरी कार्यालय, जोगबुडाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment