Comments Add Comment

थप सहयोग गर्न एडीबीलाई अर्थमन्त्रीको आग्रह

Photo Credit : फाइल तस्वीर

२२ वैशाख, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाल सरकारलाई थप सहयोग गर्न एसियाली विकास बैंक (एडीबी) सँग आग्रह गरेका छन् ।

फिजी भ्रमणमा रहेका अर्थमन्त्री खतिवडाले एडीबी अध्यक्ष ताकेहिको नकाओकोसँगको भेटवार्ताका क्रममा यस्तो आग्रह गरेका हुन् ।

अध्यक्ष नाकोसँग भएको भेटमा एडीबीले गरिरहेको सहयोगको प्रशंसा गर्दै अर्थमन्त्री खतिवडाले नेपाल आर्थिक वृद्धि र स्थायित्वको बाटोमा अगाडि बढिसकेको जानकारी गराउँदै एडीबीको थप सहयोग आवश्यक रहेको बताएका थिए ।

अर्थमन्त्री खतिवडाका प्रेस संयोजक यमन पौड्यालले एक प्रेस विज्ञप्ति जारी गर्दै अर्थमन्त्रीले देशभित्र सकारात्मक सूचक देखापरेकाले लगानीका लागि एडीबी अध्यक्षलाई आग्रह गरेको जानकारी गराएका छन् ।

प्रवक्ता पौड्यालका अनुसार, भेटवार्ताका क्रममा अर्थमन्त्री खतिवडाले एडीबी सहयोगका आयोजनाको प्रगति सन्तोषजनक रहेको तथा उच्च आर्थिक बृद्धिदर कायमै राख्न सार्वजनिक र निजी दुवै क्षेत्रमा थप लगानीका लागि स्रोत परिचालन गर्नु परेको सम्बन्धमा अवगत गराएका थिए ।

एडीबी अध्यक्षले मन्त्री खतिवडालाई राष्ट्र बैैंकको गभर्नर हुँदा भेट गरेको प्रसंग उल्लेख गर्दै गभर्नरका हैसियतमा त्यसवेलामा ब्यक्त गरेका विचारहरु अहिले पनि स्मरणीय भएको उल्लेख गरेका थिए ।

अर्थमन्त्रीले शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ, स्वच्छ वातावरण, सामाजिक संरक्षणलगायत संविधानमा व्यवस्था भएका मौलिक हकहरुको कार्यान्वयन गर्न सरकारले उल्लेख्य लगानी बढाउनु पर्ने भन्दै बैंकलाई थप सहयोगको लागि आग्रह गरे ।

मन्त्री खतिवडा शनिबार राति नै स्वदेश फर्किएका छन् । एडीबीको ५२ औं बोर्ड अफ गभर्नरको वार्षिक बैठकमा सहभागी हुन गत १७ गते फिजी प्रस्थान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment