Comments Add Comment

राहुललाई मोदीले भने : तिम्रा बुबा एक नम्बर भ्रष्टाचारी

२२ वैशाख, काठमाडौं । भारतमा लोकसभा चुनाव जारी रहँदा प्रमुख दलका नेताहरुबीचको दन्तवझान उत्कर्षमा पुगेको छ । उनीहरु तल्लो स्तरमा ओर्लेर आरोप प्रत्यारोप गरिरहेका छन् ।

कांग्रेस आईका नेता राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्रलाई मोदी चोर र भ्रष्टाचारीको आरोप लगाउँदै आएका छन् । कांग्रेस आईले ‘चौकिदार चोर है’ लाई चुनावी नाराकै रुपमा प्रयोग गरेको छ । अहिले मोदीले राहुललाई कडा जवाफ फर्काएका छन् । शनिबार उत्तरप्रदेशमा आयोजित एक सभामा उनले राहुलका बुबा राजीव गान्धी एक नम्बरको भ्रष्टाचारी भएको बताए ।

राहुलले ‘राफेल डिल’ मा मोदीले भ्रष्टाचार गरेको आरोप लगाइरहँदा मोदीबाट यस्तो प्रत्यारोप आएको हो ।

मोदीले भने, ‘तिम्रो बुबालाई आसेपासेहरुले मिस्टर क्लीनको उपमा दिएका थिए । तर, खासमा उनी भ्रष्टाचारी नम्बर १ थिए ।’

उनले आफूलाई बदनाम गरेर प्रतिपक्षी दलहरुले देशमा अस्थिर र कमजोर सरकार बनाउन खोजेको आरोप लगाए । तर, आफूले ५० वर्षको तपस्याबाट आर्जन गरेको छवि सजिलै धुमिल नहुने उनको दावी थियो ।

राहुलको थप आलोचना गर्दै मोदीले भने, ‘तपाई जस्तो म सुनको चम्चाले खाएर हुर्किएको होइन । न त म कुनै शाही परिवारको सदस्य नै हुँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment