Comments Add Comment

आईपीएलको प्लेअफ छिनोफानो आज

२२ वैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको प्लेअफ समीकरण आज पूरा हुदैछ ।

आईपीएलको लिग चरणका अन्तिम खेलहरुमा आज शीर्ष स्थानको चेन्नई सुपर किंग्सले किंग्स इलाभेन पञ्जाबसँग र मुम्बई इन्डियन्सले कोलकाता नाइट राइडर्ससँग प्रतिस्पर्धा गर्दैछन् ।

चेन्नई र पञ्जाबबीचको खेल दिउँसो ४ बजेर १५ मिनेटमा मोहलीमा हुँदैछ भने मुम्बई इन्डियन्स र कोलकाताबीचको खेल राति ८ बजेर १५ मिनेटमा प्रतिस्पर्धा गर्नेछ ।

कोलकाता र मुम्बईबीचको खेलले आईपीएलको प्लेअफ समीकरण पूरा हुनेछ । आफ्नै घरेलु मैदानमा हुने खेलमा कोलकातालाई पराजित गर्दै मुम्बई प्लेअफको पहिलो क्वालिफायर राउण्डमा प्रवेश गर्न चाहन्छ । यता, कोलकाता पनि जित हात पारेको खण्डमा उ प्लेअफमा पुग्नेछ । मुम्बई भने यसअघि नै प्लेअफमा पुगिसकेको छ ।

आजको खेलमा कोलकाता पराजित भएमा आईपीएलबाट बाहिरिने छ भने अर्को टिमको भाग्य चम्किने छ । सनराइजर्स हैदरावाद र कोलकाताको अहिले समान १२–१२ अंक छ । तर नेट रनरेटमा हैदरावाद अघि रहँदै चौथो स्थानमा छ ।

अहिलेसम्म चेन्नई, दिल्ली क्यापिटल्स र मुम्बई आईपीएलको प्लेअफमा पुगिसकेका छन् । चेन्नईले १३ खेलबाट ९ खेलमा जित ४ खेलमा हार ब्यहोर्दै १८ अंक बनाएको छ । यता, दिल्लीले १४ खेलबाट ९ खेलमा जित र पाँच खेलमा हार ब्यहोर्दै १८ अंक नै बनाएको छ । मुम्बईले भने १३ खेलबाट ८ खेलमा जित र पाँच खेलमा हार ब्यहोर्दै १६ अंक बनाएको छ ।

आईपीएलबाट रोयल च्यालेन्जर्स बेंग्लोर, किंग्स इलाभेन पञ्जाब र राजस्थान रोयल्स भने बाहिरिइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment