Comments Add Comment

डाक्टर रजनिशले गरे मुटु रोगबारे कार्यक्रम

२२ वैशाख, काठमाडौं । इन्टरभेन्सनल कार्डियालोजिष्ट डा. रजनिश कपुरले आमरुपमा हृदयघात भनिने ‘एक्युट मायोकार्डियल इन्फ्रयाक्स’बारे सचेतनामूलक कार्यक्रम गरेका छन् । उनी भारतको हरियाणा राज्यको गुरुग्रामस्थित मेदान्त हस्पिटलमा ईन्टरभेन्सनल कार्डियालोजी विभागका उपाध्यक्षका रुपमा कार्यरत छन् ।

उनको अध्ययनका अनुसार ‘एक्युट मायोकार्डियल इन्फ्रायाक्सन’का चार प्रतिशत मामिलाहरुमा कोरोनरी धमनीहरुमा कुनै प्रकारका अवरोध नभएको पाईयो ।
मुटुरोगीहरुको उपचारमाँस्टेन्टूको प्रयोग गर्नु नपर्नुका साथै जीवनभर सेवन गर्नुपर्ने औषधीहरु लिनुनपर्ने देखिएको उनले बताए ।

अध्ययनका लागि डा. रजनिश कपुरले सन् २०१६ देखि सन् २०१८ सम्म गरेको एक हजार पच्चिस जना हृदयघात पिडीतहरुको उपचारका रेकर्ड छनौट गरी विश्लेषण गरिएको थियो ।

डा रजनिश कपुरले भने, ‘प्रायजसो, एन्जियोग्राफी गर्दा धमनीहरुमा अवरोध नदेखीएको खण्डमा विरामीलाई थप उपचार नगरी घर पठाईन्छ । यसले गर्दा विरामीहरुको समस्याको पूर्ण डायगनोसीस हुन पाउँदैन । जसको कारण उनीहरुको उपचार हुँदैन र अर्को समस्याको जोखिम बढ्ने गर्दछ ।’

डा. कपुरका अनुसार नेपाली मुटुरोगीहरुमध्ये ९८ प्रतिशतले नियमित रुपमा सुर्तिजन्य पदार्थ सेवन गर्छन् ।

विभिन्न अध्ययनहरुमा नेपालमा सुर्तिजन्य पदार्थको सेवन सन् २०२५ मा २५ प्रतिशत पुग्ने र सन् २०५० मा ४० प्रतिशतसम्म पुग्ने अनुमान गरिएका छन् । यसले गर्दा आगामी केहि वर्षमा लार्खौ नेपालीहरु हृदयघातको जोखीममा पर्ने देखिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment