Comments Add Comment

‘क्लिन ब्यान्डिट’को टुबोर्गसँग सांगितिक सहकार्य

२२ वैशाख, काठमाडौं । डेनिस ब्राण्ड टुबोर्गले आफ्नो सफल सांगीतिक अभियान ‘टुबोर्ग ओपन’ यो वर्ष पनि सुरु गर्ने घोषणा गरेको छ ।

यस पटकको सांगितिक ट्रयाकको लागि ग्रामी अवार्ड विजेता ‘क्लिन व्यान्डिट’ र ‘नितेश जंग कुंवर’ले सांगीतिक सहकार्य गर्नेछन् ।
‘क्लिन ब्यान्डिट’ मा ग्रेस च्याटो र प्याटेरसन दाजु–भाई लुक र ज्याक प्याटेरसन रहेका छन् । क्लिन ब्यान्डिटलाई क्लासिकल्, पप र ईलेक्ट्रो जस्ता विभिन्न सांगीतिक शैली मिलाई प्रस्तुति दिने सांगीतिक समूहको रुपमा चिनिन्छ ।

डेमी लोभाटो र सिन पल जस्ता कलाकारहरुसँग निकै लोकप्रिय रहेको ‘सोलो’ र ‘रकबाई’ गीतमा काम गरिसकेका क्लिन ब्यान्डिटले विश्वभर आप्mना गीतहरुको ४ करोड भन्दा बढी कपीहरु विक्रि गर्न सफल रहेका छन् ।

युट्वयुवमा ४.५ लाख सब्स्क्राइब रहेका नितेश जंग कुँवरका गीतहरु पनि निकै लोकप्रिय छन् ।

‘टुबोर्ग ओपन’ले संगीतको माध्यमबाट मानिसहरुलाई नयाँ शैली र अनुभवा लागि खुल्ला रहन (स्टे ओपन) प्रेरणा दिन लक्ष लिएको छ ।
यस वर्ष, ‘टुबोर्ग ओपन’ले क्लिन ब्यान्डिटलाई विश्वभरका विभिन्न सांगीतिक शैलीका कलाकारहरुसँग सहकार्य राई क्लिन ब्यान्डिट र तिनका प्रशंसकलाई नँया अनुभव र पे्ररणा लिन आमन्त्रण गरेको छ ।
स्लिन ब्याण्डिटको संगितमा रहेको विविधताले गर्दा ब्याण्डलाई यस अभियाना लागि उपयुक्त चयन मान्न सकिन्छ ।

२०१९ मा ‘टुबोर्ग ओपन’ अन्तर्गत क्लिन ब्यान्डिटले चीन, भारत, नेपाल, रुस र भियतनामका स्थानिय कलाकारहरुसँग सांगितिक सहकार्य गर्नेछन् । यसका लागि क्लीन ब्याण्डिट सांगितिक टुरमा रहनेछ र त्यस क्रममा उनीहरुले आफ्ना दर्शकहरुसँग भेट्ने र स्थानीय कलाकारसँग सहकार्य गर्नेछन् । स्थानीय कलाकारहरुले सुरु गरेको ट्रयाकमा क्लिन ब्यान्डिटले आप्mनो रचना र शैली थपेर गितलाई पूर्ण बनाउनेछन् ।

युक्रेन , सर्बिया र बोस्नियामा भने त्यहाँका स्थानिय कलाकारहरुले क्लिन ब्यान्डिटको कुनै ट्रयाकलाई नै अप्mनो शैलीमा प्रदान गर्नेछन् । सबै ट्रयाकहरु बनिसकेपछि तिनलाई विश्वव्यापी ‘प्लेलिस्ट’ बनाई विश्वभरका डिजिटल स्ट्रिमिङ प्लाटफर्महरुमा राखिनेछन् ।

यस अभियानबारे क्लिन ब्याण्डिटकी एक सदस्य ग्रेस च्याटोले भनिन्, “टुबोर्ग ओपनको साथमा यी पाँच राष्ट्रका कलाकार र दर्शकहरुसँग भेट्न हामी निकै उत्साहित छौं । नयाँ ठाउँ घुम्न र नयाँ संस्कृतिहरुबारे बुझ्न हामी सधै उत्सुक हुन्छौं ।”

त्यस्तै ब्याण्डका अर्का सदस्य ज्याक प्याटेरसनले भने, “संगीतकार र चलचित्र निर्माता भएको नाताले हामीले सधैं विभिन्न शैली र संस्कृतिहरुबाट प्रेरणा लिएका छौं । नयाँ संस्वृmतिमा भिज्नु, त्यहाँका स्थानिय कलाकारसँग सहकार्य गर्न पाउनु हाम्रा लागी सुनौलो अवसर हो ।”
नयाँ कलाकारहरुसँगको सहकार्य गर्ने अवसरबारे ल्युक प्याटेरसनले भने, “एउटा कलाकार संगीत सिर्जनाको नयाँ शैलीतर्फ खुला रहनु निक्कै आवश्यक छ । नयाँ काम गर्ने चाहना नै सांगीतिक सहकार्यको मुख्य तत्व हो र क्लिन ब्यान्डिट ब्याण्ड सुरुदेखि नै यही प्रयासमा छ । यस अभियान मार्फत हामीले विश्वभरका कलाकारहरुसँग नयाँ अनुभवहरु साझा गर्न उत्सुक छौ ।”

उल्लेखित देशमा क्लिन ब्याण्डिटको सांगितिक टुरको भिडियो टुबोर्गको डिजिटल च्यानलहरुमा यही बैशाख बाट राखिनेछ ।

यस सहकार्यबारे टुबोर्गका अन्तर्राष्ट्रिय मार्केटिङ्ग म्यानेजर मिलान शाह भन्छन्, “टुबोर्ग ओपनले विश्वभरी आशा गरिएभन्दा सकारात्मक छाप पार्न सफल भएको छ । हामीले अहिलेसम्म विभिन्न संस्कृति र सांगीतिक शैलीहरु मिलाई २० वटा कोल्याबोरेटिभ ट्रयाकहरु तयार गरेका छौ । हाम्रा ५ मुख्य बजारहरुमा क्लिन ब्यान्डिटलाई लगी ती देशहरुको अनुभव दिलाउन हामी उत्सुक छौ । ”

गोर्खा ब्रुअरी प्रा.ली. का मार्केटिङ डाईरेक्टर बैभब शर्मा भन्छन्, “टुबोर्गको संगीतसँग लामो र गौरवशाली सम्बन्ध छ । यस वर्षको ‘टुबोर्ग ओपन’ अभियान मार्फत हामी फेरि एक पटक विश्वभरका मानिसहरुलाई ‘ओपन टु मोर’ हुन प्रोत्साहन गर्दैछौं । झन् हाम्रा राष्ट्रिय कलाकार नितेश जंग कुँवरसँग क्लिन ब्यान्डिटको सांगीतिक सहकार्यको घोषणा गर्न पाउँदा हामी उत्साहित भएका छौं ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment