Comments Add Comment

गुगलको नयाँ अपरेटिङ्ग सिस्टम, के के छन् फिचर्स ?

गुगलले आफ्नो एन्ड्रोइड अपरेटिंग सिस्टमको नयाँ संस्करण एन्ड्रोइड क्यू छिट्टै नै लञ्च गर्दैछ । बहुप्रतिक्षित एन्ड्रोइडको यो नयाँ संस्करणमा धेरै नयाँ फिचरहरु उपलब्ध हुने बताइएको छ ।

समाचार अनुसार एन्ड्रोइड क्यू मा गुगलले सिस्टम वाइड डार्क मोड फिचर उपलब्ध गराउनेछ । यो फिचर उपलब्ध भएमा स्मार्टफोनमा स्वचालित रुपमा बाहिरी वातावरणको आधारमा डार्क मोड एक्टिभेट हुन्छ ।

एन्ड्रोइडका विषयमा विभिन्न समाचार तथा खुलासाहरु पस्किरहने एन्ड्रोइड पुलिस नामक वेबसाइटका अनुसार गुगलले एन्ड्रोइड क्यू मा जुन सिस्टम वाइड डार्क मोड फिचर दिनेवाला छ त्यसले तय गरिएको समयमा स्मार्टफोनको डार्क मोड लाई सूर्योदय तथा सूर्यास्तमा अटोम्याटिक रुपमा अन-अफ गर्नेछ ।

अर्थात् अँध्यारो हुँदा स्मार्टफोन आफै डार्क मोडमा जानेछ भने उज्यालो वा घामका बेलामा यो डार्क मोडबाट बाहिर आउनेछ । वास्तवमा यसले विद्यमान एन्ड्रोइड डिभाइसमा रहेको नाइट लाइट फिचर जस्तै काम गर्नेछ ।

सिस्टम वाइड डार्क मोड फिचर सुन्दा निकै राम्रो लाग्न सक्दछ । तर यसमा केही कमीहरु देखिएका छन् । यो फिचरलाई एक्टिभेट गरेपछि यसले स्वचालित रुपमा सूर्योदय र सूर्यास्तको समयमा काम गर्नेछ । यो फिचरलाई आफ्नो आवश्यकताको समय अनुसार अन वा अफ गराउने गरी कस्टमाइज गर्न सकिँदैन । अर्थात् दिनको समयमा कुनै अँध्यारो ठाउँमा जानुपर्यो भने पनि मोबाइल डार्क मोडमा आउने छैन । यद्यपि यो फिचर लञ्च भएसँगै प्रयोगकर्ताका प्रतिक्रिया र गुनासाहरुका आधारमा गुगलले यसलाई अपडेट गर्दै कस्टमाइज गर्न मिल्ने बनाउने अपेक्षा गरिएको छ ।

एन्ड्रोइड पुलिसका अनुसार एन्ड्रोइड क्यू मा डिभाइसको ब्याट्री सकिन थालेको जनाउ दिने एउटा गज्जबको फिचर पनि हुनेछ । यो फिचर फोनको ब्याट्री कम भएसँगै एक्टिभेट हुनेछ । यसले ब्याट्री कम भएसँगै फोनको ब्राइटनेस कम गर्ने र पावर सेभिंग मोडमा लैजानेछ । जसका कारण फोनमा ब्याट्रीको खपत तत्कालका लागि केही कम हुन जाने र ब्याट्रीको चार्ज केही समय बढि टिक्नेछ ।

समाचार अनुसार यी फिचरका अलावा एन्ड्रोइड क्यू मा फेशियल रिक्गनिसन, प्राइभेसी कन्ट्रोल, एप पर्मिशन सेटिंग्स, डेस्कटप मोड, बिल्ट इन स्त्रिmन रेकर्डर लगायतका फिचरहरु पनि रहनेछन् । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment