Comments Add Comment

लोकप्रिय कार्यक्रमबाट प्रतिपक्ष अत्तालिएको छ : महेश बस्नेत

२२ वैशाख, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका सांसद महेश बस्नेतले सरकारले नीति तथा कार्यक्रममा ल्याएको लोकप्रिय कार्यक्रमबाट प्रतिपक्ष अत्तालिएको आरोप लगाएका छन् । नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै संसदमा उनले प्रतिपक्षको टिप्पणी परम्परागत भएको जिकिर गरे ।

उनले नीति तथा कार्यक्रम व्यवस्थित र प्रष्ट भएको पनि बताए । ‘पहिले त उहाँहरुले यो परम्परागत छ भन्नेबाट सुरु गर्नुभयो । महत्वाकांक्षी र सपनाको पुलिन्दा हो भन्नुभयो’ उनले भने ‘मलाइ लाग्छ उहाँहरुको टिप्पणी चाहिँ परम्परागत हो । लोकप्रिय कार्यक्रमबाट उहाँहरु अताल्लिनुभएको छ ।’

सरकारले बनाएको मापदण्डले विदेशमा जानेहरु गुणस्तरीय रोजगारीमा जान थालेका कारण विदेश जाने मानिसको संख्या घट्दा पनि रेमिट्यान्स बढेके सांसद बस्नेतले बताए । ‘सरकारको नीतिका कारण गुणस्तरीय रोजगारीमा जान थाले, थोरै रोजगारीबाट धेरै पैसा आउन थाल्यो । सरकारले हुण्डी कारोबार बन्द गरायो । वैधानिक च्यानलबाट पैसा आउन थालेको छ ।’

सांसद बस्नेतले अहिलेको सरकार बनेपछि विकास निर्माणको अभियानले गति लिएको बताए । उनले देशमा विकास निर्माणको कामले गति लिएका कारण केही आयात बढेकाले ब्यापार घाटा देखिए पनि राजस्व बढेको बताए । ‘सरकारले लिएको अर्थनीति ठीक छ, हिजो भद्रगोल डामाडोल भएको अर्थतन्त्र ठीक ट्रयाकमा आएको छ’ उनले भने ।

नेकपा सांसद पदम गिरीले नेपालमा काम गरेर खाने वातावरण बन्दैछ भनेर विदेश गएका युवाहरुले फोन गर्न थालेको टिप्पणी गरे । ‘सरकारले यो नीति तथा कार्यक्रमलाई बजेटमा अभिव्यक्त ग¥यो भने नेपाली जनताको खुशीको दिन धेरै टाढा छैन ।’

सांसद गिरीले भने ‘सरकार यति धेरै इच्छाशक्तिसहित आएको छ । यो कार्यक्रम छुट्यो भनेर यो क्षेत्रले लाभ लिन नपाउने भयो भनेर संशोधन हाल्नुपर्ने हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment