Comments Add Comment

लागुऔषध बोकेको भारतीय गाडीसहित धादिङबाट १ पक्राउ

२३ वैशाख, काठमाडौं । प्रहरीले लागुऔषध बोकेको भारतीय गाडीसहित १ जनालाई धादिङबाट पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले ४७ किलोग्राम चरेश र ९७८ चरेशसहित जयपृथ्वी नगरपालिका–८, बझाङका काल्चे बोहोरालाई सोमबार बिहान १ बजे गजुरीको सोतीखोलाबाट नियन्त्रणमा लिएको हो ।

विशेष सूचनाका आधारमा पुगेको प्रहरीले टोलीले भारतीय नम्बर प्लेटको डीएल ३ सीएडी ७०८१ नम्बरको मारुती सुजुकी कारसमेत नियन्त्रणमा लिएको प्रहरी निरीक्षक जीवन निरौलाले जानकारी दिए । निरौलाका अनुसार, बोहोराको साथबाट १ थान मोबाइल र समिकार्ड पनि बरामद भएको छ ।

नियन्त्रणमा परेका बोहोरामाथि अहिले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment