+
+

एनएमबि बैंकले ९ महिनामा कमायो १६५ करोड

खराब कर्जामा सुधार

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख २३ गते ११:३४

२३ वैशाख, काठमाडौं । एनएमबि बैंकले ९ महिनामा १ अर्ब ६५ करोड रुपैयाँ खुद मुनाफा कमाएको छ । बैंकले सोमबार आ.व.२०७५÷७६ को तेस्रो त्रैमासिक अर्थात चैत्र महिनाको वित्तीय विवरण सार्वजनिक गर्दै १ अर्ब ६५ करोड रुपैयाँ नाफा कमाएको जानकारी दिएको हो ।

बैंकको नाफा अघिल्लो वर्षको सोही अविधिको तुलनामा २० प्रतिशतले बढी हो । बैंकको दुईवटा सहायक कम्पनी सहित बैंकको समुह खुद नाफा भने १ अर्ब ७२ करोड रहेको छ ।
बैंकको खराब कर्जामा सुधार भएको छ । खराब कर्जा १.१० प्रतिशत बाट ०.७९ प्रतिशतमा झरेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी

बैंकको पुँजी कोष अनुपात १५.४२ प्रतिशत रहेकोले यसले बैंकको थप व्यवसाय वृद्धिका लागि पर्याप्त क्षमता रहेको तथा नियामक निकायको प्रावधानहरु समेत पुरा गरेको छ । यस त्रैमासको अन्त्यसम्ममा बैंकको इक्वीटी तथा रिजर्भ १६ अर्ब ७५ करोड रुपैयाँ रहेको छ ।

बैंकले देशको आर्थिक वृद्धिमा योगदान पु¥याउने उद्देश्यले तीनवटा विदेशी वित्तीय संस्थाहरुबाट रु.२ अर्ब ९४ करोड वैदेशीक ऋण लिई उत्पादनशील क्षेत्रमा लगानी गर्दैआएको छ । यस प्रकारको विदेशी लगानी भित्र्याउने एनएमबि बैंक नेपालको पहिलो बैंक हो ।

एनएमबि बैंकले फाइनान्सीयल टाइम्स लण्डनबाट लगातार दुई वर्ष बैंक अफ दी इयरको अवार्ड जितेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?