Comments Add Comment

‘भूइफूल’ घोषणा कार्यक्रममा करिश्मा

भुमेथान फिल्म प्रोडक्सन प्रालीको ब्यानरमा बन्न लागेको नयाँ चलचित्र ‘भूइफूल’को घोषणा गरिएको छ । कार्यक्रममा नायिका करिश्मा मानन्धर प्रमुख अतिथीको रुपमा पुगेकी थिइन् । करिश्माले एक्सन–कट भनेको शुभसाइत समारोहमा नृत्य निर्देशक गोबिन्द राईले क्ल्याप हानेका थिए भने चलचित्र पत्रकार संघका अध्यक्ष सन्दिप सापकोटाले नरिवल फुटाएका थिए ।

चलचित्रका मुखय कलाकार गोविन्द प्रभात, दिपेन्द्र सिंह दर्नाल, तुलसा थापा लगायतले चलचित्र भित्र रहने संवाद बोलेका थिए । नेत्र सन्त्यालको लेखन–निर्देशनमा बन्न लागेको चलचित्रकी प्रस्तुतकर्ता सरिता राइ हुन् । चलचित्रमा उर्मिला वान्तवा राइको लगानी छ ।

द्धन्द्ध कालमा विस्थापित भएर मधेसमा बसोबास गर्न पुगेका बिभिन्न समुदाय मध्य दलित समुदायमा हुने उतारचढाप तथा राज्यले गरेको बिभेदको बिषयलाई चलचित्रले उठान गर्नेछ । चलचित्रको छायांकन वैशाख २५ गतेबाट सुरु हुनेछ । पूर्वका विभिन्न स्थान र काठमाण्डौमा चलचित्र खिचिनेछ । चलचित्रमा रामेश्वर हुमागाँइको छायांकन, गोविन्द प्रभातको नृत्य निर्देशन, रमेश खड्काको संगीत, गणेश सुवेदीका गीत रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment