Comments Add Comment

‘मेरो बायापिक’का लागि आलिया उत्तम’: माधुरी

नायिका आलिया भट्टको अहिले दिन बलेको छ । उनले छोएका चलचित्रले बक्स अफिसमा राम्रो कमाई पनि गरेका छन् । हुनत, उनी अभिनित ‘शानदार र कलंक’ले बक्स अफिसमा राम्रो कमाई गर्न सकेनन् । तर, पनि यी दुई चलचित्रको असफलताले आलियालाई कुनै फरक पारेको छैन ।

हालैमात्र, नायिका माधुरी दिक्षितले आफ्नो बायोपिक बनेको खण्डमा नायिका आलिया भट्टले काम गर्दा आफू खुशी हुने बताएकी थिइन् । माधुरीले भनिन्–‘मेरो बायोपिक गर्नका लागि आलिया जस्तो पर्फेक्ट कोही पनि छैन । यदि, कसैले मेरो बायोपिक बनाउन चाहन्छ भने उसले आलियालाई चलचित्रमा लिओस् ।’

तर, माधुरीले आलियाले कथक नृत्य भने सिक्नुपर्ने शर्त पेश गरेकी छिन् । माधुरीको प्रशंसाले आलियालाई पक्कै पनि खुशी मिलेको होला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment