Comments Add Comment

नीति तथा कार्यक्रम खोक्रो आश्वासनमात्र : शशांक कोइराला

२३ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले नीति तथा कार्यक्रम खोक्रो आश्वासन मात्र भएको आरोप लगाएका छन् ।

सोमबार संसदमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले राष्ट्रपतिले प्रस्तुत गरेको अधिकांश कार्यक्रम कार्यान्वयन हुने विश्वसनीय आधार नभएको बताएका हुन् ।

४ वर्षमा दोहोरो अंकको वृद्धिदर हुने सम्भावना पटक्कै छैन, आर्थिक गतिविधिको सूचांक आशावादी छैन’ उनले भने ‘वीरगञ्ज काठमाडौं र रसुवा–काठमाडौं रेलमार्गको दुई वर्षमा डीपीआर सकिने सैद्धान्तिक आधार छैन ।’

कोइरालाले ५ लाख रोजगारी सिर्जना गर्ने विषय खोक्रो आश्वासन मात्र भएको टिप्पणी गरे । सबै नेपालीको स्वास्थ्य बीमा र सबै स्थानीय तहको केन्द्रसम्मको सडक कालोपत्रे गर्ने कुरा कर्णप्रिय सुनिए पनि सरकारले तोकेको समयमा पूरा नहुने बताए ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपतिले ‘‘मेरो सरकार’’ भन्ने शब्दावली प्रयोग गर्नुले पुरानै अधिनायकवादी शासकहरुको मनोवृत्तिको झल्को दिएको कोइरालाले बताए । ‘यसप्रति मेरो गम्भीर आपत्ति छ । यसले स्पष्ट रुपमा अधिनायकवादी चरित्रलाई पक्षपोषण गर्छ भन्ने मेरो ठहर छ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment