Comments Add Comment

बुटवलमा भूकम्पमापन यन्त्र जडान

२४ वैशाख, बुटवल । विद्यालय भूकम्प शिक्षा कार्यक्रमअन्तर्गत बुटवलमा भूकम्पमापन यन्त्र जडान गरिएको छ ।बुटवलको न्यू होराइजन बोर्डिङ स्कुलमा भूकम्पमापन गर्ने उपकरण सिस्मोमिटर जडान गरिएको हो ।

देशभर २२ वटा विद्यालयमा यस्तो यन्त्र जडान गरिँदैछ । स्विजरल्याण्डको लुजान विश्व विद्यालय र विद्यालयमा भूकम्प शिक्षा कार्यक्रमले एक लाख रुपैयाँ मूल्य पर्ने सिस्मोमिटर विद्यालयलाई निःशुल्क उपलब्ध गराएका हुन् ।

सिस्मोमिटरले एक म्याग्निच्युटको भूकम्प ४० किलोमिटर आसपाससम्म, ४ म्याग्निच्युटको नेपालभर र ८ म्याग्निच्युटसम्मको भूकम्प विश्वभरको मापन गर्न सक्छ । यो उपकरणले दिने जानकारी मोबाइल एप्लिकेसनमार्फत पनि हेर्न सकिन्छ ।

सिस्मोमिटर जडान उद्घाटन गर्दै स्वीजरलयाण्डमा भूकम्प विज्ञानमा विद्यावारिधि गर्दै गरेका वैज्ञानिक एवं विद्यालयमा भूकम्प शिक्षा कार्यक्रमका अध्यक्ष शिव सुवेदीले अबको भूकम्प पश्चिम नेपालमा जुनसुकै बेला आउन सक्ने र ०७२ भन्दा अझ बढी शक्तिशाली आउने बताए । उनले भूकम्पलाई कसैले रोक्न नसक्ने स्पष्ट पार्दै यसको जोखिमबाट बच्न सजगता अपनाउनुको विकल्प नभएको बताए ।

बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले भूकम्पको जोखिमबाट बच्न जनचेतना फैलाउन जरुरी रहेको बताए । न्यू होराइजनका प्राचार्य लोकनाथ उपाध्यायले भूकम्पमापन यन्त्र जडान र यसले जानकारीबारे बुझाउन ४ जना शिक्षक–शिक्षिकालाई तालिम दिइएको र समुदायमा सचेतना फैलाउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment