Comments Add Comment

छविले शिल्पाका लागि लेखे–‘मेरो जीवनको सुरुवात तिमीसँगै’

चलचित्र निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलको बैबाहिक सम्बन्धको बारेमा चलचित्र क्षेत्रमा आम मानिस जानकार छन् । छवि र शिल्पाले बिहे गरेको केही बर्ष भएको र उनीहरु अहिले एकसाथ रहँदै आएको चर्चा चलेको लामो समय भैसकेको छ । तर, अझै पनि यी दुइले बिहेको कुरालाई भने गोप्य नै राखेका छन् ।

तर, निर्माता छविराज ओझाले आफ्नो फेसबुकमा लेखेको एउटा स्टाटसले भने उनीहरुले नयाँ जीवन सुरु गरेको वुझ्न सकिन्छ । छविले स्टाटसमा लेखेका छन्–‘मेरो जीन्दगीको सुरुवात तिमीसँगै हुन्छ र म चाहन्छु यसको अन्त्य पनि तिमीसँग नै होस् । यदि, कोही यो कुरामा केही भन्न चाहन्छ भने अब म त्यो कुरा सुन्ने पक्षमा छैन ।’

छविले शिल्पासँग नै जीवन सुरु भएको र शिल्पासँग नै अन्त्य गर्न चाहेको उल्लेख गरेका छन् । छविले यो लेखेसँगै उनले घुमाउरो शैलीमा बिहे स्विकार गरेको यसबाट वुझ्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment