Comments Add Comment

शुक्रबारदेखि एनटीभी प्लसमा ‘कुरा मात्र भो’

अर्जुन गौतमको निर्देशनमा निर्माण भएको नेपाली हाँस्यब्यंग्य टेलिश्रृंखला ‘कुरा मात्र भो’ आउँदो शुक्रबारबाट प्रसारणमा आउने भएको छ । हरेक शुक्रवार राती ८ः०५ मा एनटिभी प्लसबाट यो टेलिश्रृंखला प्रशारण हुनेछ ।

यसको प्रसारणका लागि नेपाल टेलिभिजन संस्थान र ग्लोरी मिडियाबिच गत शुक्रवार सम्झौता सम्पन्न भएको मिडियाका प्रबन्ध निर्देशक सरोज ओझाले जानकारी दिए । प्रसारणका लागि आवश्यक तयारी पूरा भैसकेको उनले बताए ।

जेसिका इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको उक्त टेलिश्रृंखलाले दर्शकहरुलाई भरपूर मनोरञ्जन दिने निर्माण पक्षको दाबी छ । निर्देशक गौतमका अनुसार यसको कथावस्तु समसामयिक राजनीति र सामाजिक बिषयमा केन्द्रित हुनेछ । युट्युब च्यानल जेसिका इन्टरटेनमेन्टमार्फत पनि हेर्न सकिने ओझाले बताए ।

साहित्यकार सनत आचार्यको लेखनमा तयार पारिएको उक्त टेलिश्रृंखलामा कलाकारहरु उत्तम अर्याल (कोदे), लक्ष्मण चौलागाईको प्रमुख भूमिका रहेको छ । त्यसैगरी निमार्तामा कमल श्रेष्ठ, कार्यकारी निर्मातामा रामचन्द्र थापा तथा राजु श्रेष्ठ, क्यामरामा जनकराज अधिकारी, सम्पादनमा राज श्रेष्ठ रहेका छन् भने निर्माण सल्लाहकारमा सरोज ओझा तथा प्रताप भट्ट र कानुनी सल्लाहकारमा रामेश्वर भण्डारी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment