Comments Add Comment

सन हिङ मिनमा अडिएको टोटनहृयामको युरोपियन सपना

काठमाडौं । सन हिङ मिनको तीन गोलको मद्धतमा म्यानचेस्टर सिटीलाई क्वाटरफाइनलमा हराएर टोटनहृयाम च्याम्पियन्स लिग सेमिफाइनलमा ५७ वर्षमा पहिलोपटक पुग्यो ।

यसअघि १९६२ मा युरोपियन कपकै समयमा सेमिफाइनलमा बेनफिकासँग ४-३ ले हारेको टोटनहृयामका लागि आधुनिक फुटबलमा सपना साकार पार्ने समय यसपटक आएको छ । र त्यसको केन्द्रमा छन् उनै सन हिङ मिन ।

बुधबार राति पौने १ बजे हुने च्याम्पियन्स लिग सेमिफाइनल दोस्रो लेगको खेलमा आयाक्सको १-० को अग्रतालाई तोड्न सके टोटनहृयामले इतिहास बनाउने छ ।

पहिलो लेगमा प्रतिबन्धका कारण खेल्न नपाएका मिनले दोस्रो लेगमा उच्च लय देखाउने विश्वासमा प्रशिक्षक मोउरिसियो पोचेटिनो छन् । पहिलो लेगमा सनबिना खेलेको टोटनहृयामले जम्मा एक सट मात्रै पोस्टमा प्रहार गर्न सकेको थियो । जारी च्याम्पियन्स लिगको नकआउटमा टोटनहृयामबाट टिमको आधा गोल सन एक्लैले गरेका छन् ।

क्वार्टरफाइनलमा म्यानचेस्टर सिटीविरुद्ध पहिलो लेग १-० ले जितेको खेलमा उनै सनले गोल गरेका थिए । दोस्रो लेगमा ४-३ ले हारे पनि अवे गोलका कारण टोटनहृयामको भाग्य चम्कियो, जसमा उनै सनले पोस्टमा गरेको दुई प्रहारमा दुवै गोलमा परिणत गरेका थिए ।

हमवर्ग युथ फुटबल टिमका पूर्वप्रशिक्षक मार्कस भोन ऐलन पनि सिटीविरुद्ध दुवै लेगमा सन उत्कृष्ट रहेको बताउँछन् । किनभने भोनलाई सनले संघर्ष गर्दाको दिनदेखि अहिले उचाइ पाउँदाको दिनसम्मको मेहनत थाहा छ ।

सनलाई उनका पिताले सिकाएको कडा महेनत र फुटबलकै लागि अर्को विश्वमा पाइला टेक्दाको परिश्रम भोनले बुझेका छन् ।

पहिलोपटक १६ वर्षको उमेरमा सन जर्मनीमा फुटबलका लागि पुग्दा उनै भोन त्यहीँ नै थिए । ‘उनी असाध्यै तीब्र थिए । उनले गोल पनि धेरै नै गर्थे । उनी टिमसँग अभ्यास गर्न र केही नयाँ कुरा सिक्न सधैँ उत्सुक रहन्थे’ अहिले बायर लिभरकुसनमा काम गरिरहेका भोनले सम्भिmए, ‘सनका बुबा पनि सधैँ नै त्यही हुन्थेँ । उनी पनि छोरालाई केही न केही सिकाइरहेका हुन्थे ।’

सनका बुबा सन उङ जङ पनि दक्षिण कोरियाका व्यावसायिक फुटबलर हुन् । घाइते भएर खेलमा समस्या आउनुअघि १९९० सम्म उनी चलेका खेलाडी थिए ।

उनै उङ जङले कडा अनुशासनमा सनलाई फुटबलमा लागिरहन प्रेरणा दिने र मेहनत गर्न सिकाइरहने काम गरेका हुन् । आवश्यक परे उनी पिटेरै पनि सिकाइरहेका हुन्थे । उनको कडा स्वभाव अरुले हेर्दा नराम्रो देखिए पनि कुनै समय त्यस्तै व्यवहार गर्नै पर्ने उङ जङ बताउँछन् ।

सन बुबाको कडा स्वभावका बावजुद पनि आफूले पाएको सबै सफलताको जस बुबालाई नै दिन्छन् । पि्रमियर लिगमा आˆनो सपना साकार पार्न पनि बुबाले सिकाएको ज्ञानले नै काम दिएको उनको भनाइ छ ।

२०१० मा हमबर्ग गएका सन २०१३ देखि ०१५ सम्म बायर लिभरकुसनमा थिए । त्यहीँबाट २०१५ मा उनी टोटनहृयाम गएका हुन् । त्यतिबेलै सन दक्षिण कोरियामा रुचाइएका स्टार फुटबलर भइसकेका थिए ।

पछिल्ला वर्ष दक्षिण कोरियाको पहिचान सम्बृद्ध गर्न फुटबलमार्फत सनले पुर्‍याएको योगदान ठूलो छ ।

नयाँ सिजन सुरु हुनुअघि सन दक्षिण कोरिया गएका बेला एउटा सपिङ सेन्टरमा उनलाई भेट्न झण्डै ३० हजार समर्थक भेला भएका थिए । यसैले अहिले उनी दक्षिण कोरियामा कतै निसक्दा नचिनिने भएर निस्कन्छन् । धेरै भिड जम्मा हुँदा भिडभाडमै कसैलाई केही अप्ठ्यारो पर्ला भन्ने डर रहेको उनी बताउँछन् ।

दक्षिण कोरियामा गएको महिना आगलागीका कारण झण्डै ४ हजार मानिस विस्थापित हुने अवस्था आएपछि उनै सनले एक लाख पाउण्ड सहयोग समेत पठाएका थिए । यसले पनि उनलाई जिम्मेवार नागरिकका रुपमा दक्षिण कोरियामा चिनाएको छ ।

दक्षिण कोरियामा मात्रै होइन अहिले विश्वभरका फुटबल समर्थकका लागि पि्रय बनेका छन् सन । उनलाई माया नगर्नेहरुले पनि घृणा भने गर्दैनन् ।

उदाहरणको रुपमा फिफा २० गेमका लागि कभर स्टारका रुपमा उनको तस्वीर रहने कुराले पनि उनको समर्थक बुझाउँछ । जसका लागि क्रिष्टियानो रोनाल्डो र लियोनल मेस्सीको समेत नाम थियो ।

गएको सेप्टेम्बरमा सकिएको एसियाली खेलकुदको फुटबलमा दक्षिण कोरियालाई उपाधि जिताएपछि त सनको चर्चा अझै चुलियो । त्यसैले अनिवार्य रुपमा दुई वर्ष सैन्य सेवा गर्नुपर्ने दक्षिण कोरियाको नियमबाट पनि सनले छुटकारा पाए ।

एसियाली खेलकुदको फाइनलमा जापानलाई हराउँदा सनका आँखा रसाएका थिए । सेनामा दुई वर्ष रहेर काम गर्न नपर्ने भन्दा उनको खुशीको आँसु देशलाई उपाधि जिताउन पाउँदाको थियो ।

उसो त टोटनहृयाममा पहिलो सिजन बिताएपछि सन क्लबमा रहने नरहने अन्यौल थियो । त्यसपछिका वर्षमा भने उनले आफूलाई टोटनहृयामकै लागि अब्बल सावित गरिरहेका छन् । ‘पहिलो सिजनपछि हामीले के चाहेको हो भन्ने बुझेर अगाडि बढेका छन्’ टोटनहृयामका प्रशिक्षक पोचेटिनोले भने, ‘उनी अहिले सबै कुराले अब्बल खेलाडी हुन्, उनको खेलदेखि हामी सबै खुशी छौँ ।’

बुधबार राति आयाक्सको मैदानमा पनि उत्कृष्ट खेल देखाउँदै इतिहासमै पहिलोपटक च्याम्पियन्स लिग फाइनल पुग्न लालायित टोटनहृयामका लागि सनको भूमिका प्रमुख रहने उनकै साथीहरु पनि बताउँछन् ।

बीबीसीमा एलेक्स बाइसाउथले लेखेको लेखमा आधारित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment