Comments Add Comment

प्रेसिडेण्ट सेकुवाको नवौं शाखा महाराजगञ्जमा

२४ वैशाख, काठमाडौं । ‘प्रेसिडेण्ट सेकुवा’को नवौं शाखा काठमाडौंको महाराजगञ्जमा खुलेको छ । कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ले मंगलबार प्रेसिडेण्ट सेकुवाको नवौं शाखा उदघाटन गरे ।

शाखा उदघाटन गर्दै धुर्मुसले भने, ‘रेष्टुरेण्टले राम्रो सेवा दिएकैले नवौं शाखा खोल्न सफल हुनुभएको छ । भविष्यमा अझै राम्रो गर्नुस् । ग्राहकलाई गुनासो गर्ने मौका नदिनुस् ।’

प्रेसिडेण्ट सेकुवाले काठमाडौंमा मात्रै ७ वटा शाखा स्थापना गरिसकेको छ । चितवन र लुम्बिनीमा १-१ वटा शाखा छन् ।

कार्यक्रममा प्रेसिडेण्ट ग्रुप अफ होटेल प्रालिका अध्यक्ष शंकर भण्डारीले धुर्मुस-सुन्तली फाउण्डेसनलाई ७५ हजार आर्थिक सहयोग गरे । धुर्मुस-सुन्तली फाउण्डेसनले चितवनको भरतपुरमा बनाउन लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अभियानलाई साथ दिन रकम सहयोग गरेको भण्डारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment