Comments Add Comment

नेप्से परिसूचक ३ अंकले घट्दा आधा अर्बको कारोबार

२४ वैशाख, काठमाडौं । बुधबार नेप्से परिसूचक र कारोबार रकम दुबै खस्कीएको छ । कारोबार खुल्ने बितिक्कै सकारात्मक देखिएको बजार अन्तत ऋणात्मक भएर बन्द भयो । बुधबार ३.६८ अंकको गिरावट भएर बजार १२९७.६० को विन्दुमा आई पुगेको छ ।

कुल १७५ कम्पनीको १९ लाख ७ हजार ७८३ कित्ता सेयर किनबेच हुंदा बुधबार कारोबार रकम ५० करोड ७९ लाख रुपैयाँमा खुम्चीएको छ । जुन मंगलबार भन्दा २१ करोड ९१ लाख रुपैयाँले कम हो ।

बुधबार पनि हिमालयन डिस्टिलरीको सेयर मूल्यमा सर्किट लागेको छ । हिमालयन डिस्टिलरीको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १८१५ रुपैयाँ कायम भएको छ ।

बुधबार सिभिल बैंकको सेयर सबै भन्दा धेरै कारोबार भयो । बैंकको ५ करोड ५३ लाख रुपैयाँ बराबरको कारोबार भएको हो । कारोबार दिनमा मेगा बैंक,शिवम् सिमेन्ट, नागरिक लगानी कोष ,एनसीसी बैंकको सेयर उच्च मात्रामा कारोबार भएको थियो ।

कारोबारमा आएको ११ उपसमुह मध्ये बुधबार व्यापार, उत्पादन तथा प्रशोधन र अन्य समुहको सूचक मात्रै सकारात्मक रह्यो । होटल, हाइड्रोपावर, निर्जीवन बीमा, विकास बैंक, वाणिज्य बैंक, माइक्रोफाइनान्स, फाइनान्स र जीवन बीमा उपसमूह ओरालो लागेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment