Comments Add Comment

‘ह्याट्रिक हिरो मौराको प्रतिमा बनाउनुपर्छ’

२५ वैशाख, काठमाडौं । टोटनहृयामले पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा स्थान बनाउँदा लुकास मौरा नायक बने । नबनुन् पनि किन ? पहिलो लेगमा १-० ले हारेको टोटनहृयामले दोस्रो लेगमा पनि २ गोल खाइसकेको थियो ।

तर, लुकास मौरा एकाएक उदाए । उनले एकपछि अर्को खेल गर्दै आश जगाए । तर, निर्धारित समयसम्म पनि अयाक्स समग्रमा ३-२ ले विजयी हुने अवस्था रह्यो ।

इन्जुरी टाइममा मौराले ह्याट्रिक मात्र पुरा गरेनन्, अविश्वसनीय रुपमा टोटनह्यामलाई पहिलो पटक फाइनलमा पुर्‍याए ।

त्यसैले उनका टिममेट क्रिस्टियन एरिक्सन भन्छन्, मौराको प्रतिमा बनाउनुपर्छ ।

मौरा स्वयंमले पनि यसलाई आफ्नो करियरकै उत्कृष्ट क्षणका रुपमा बयान गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment