Comments Add Comment

त्यो अन्तिम गोल : खुशीले रोए पोचेटिनो

२६ वैशाख, काठमाडौं । अन्तिम समय मोउरिसियो पोचेटिनाको लागि अविश्वसनीय रह्यो । टोटनह्यामले च्याम्पियन्स लिग सेमिफाइनलमा जुन जित निकाल्यो, त्यसमा प्रशिक्षक पोचेटिनो मात्रै होइन कसले पो विश्वास गरेका थिए होला र !

च्याम्पियन्स लिग सेमिफाइनलमा आयाक्ससँग घरेलु मैदानमा १–० हारेर पहिलो लेगमा पछि परेको टोटनह्यामले आयाक्सलाई उसैको मैदानमा अन्तिम सेकेण्डमा स्तब्ध बनायो ।

५४ मिनेटसम्म ३–० ले पछि परेको टोटनह्यामले त्यसपछि जुन शैलीमा खेल देखायो त्यसले अन्तिम समयको गोलमा पोचेटिनोले आँसु थाम्न सकेनन् । जितपछि उनी मैदानमा दौडँदै खेलाडीलाई अंकमाल गर्न थाले । खुशीले बेस्सरी चिच्याए ।

जोहान क्रुफ रंगशालामा रहेका आयाक्सका समर्थक शान्त हुँदा टोटनह्यामको खुशीको हल्ला झनै चर्को सुनिएको थियो ।

सेमिफाइनल खेलअघि नै यो वर्ष टोटनह्यामले च्याम्पियन्स लिग जितेका क्बल छाड्ने बताएका पोचेटिनो खेल सकिएपछिको अन्तर्वार्तामा पनि भावुक नै थिए । उनले आफ्नो खुशी सम्हाल्न सकिरहेका थिएनन् ।

‘म मेरो परिवार सम्झन चाहन्छु, उनीहरुका लागि पनि यो ठूलो खुशी हो । असाध्यै खुशी लागेको छ, फुटबलका लागि धन्यबाद छ । यो खाले खुशी फुटबलबाहेक अरु कुराबाट मिल्नै सक्दैन । हामीलाई विश्वास गर्ने सबैलाई धन्यबाद । यो जितलाई शब्दमा ब्याख्या गर्न कठीन छ’ टोटनह्याममा पाँच वर्ष बिताएका उनले भने ।

पोचेटिनोको बोलीले च्याम्पियन्स लिग हेरिरहेका विश्वभरका समर्थक भावुक बनेका थिए । त्यति नै बेलाको क्षण सम्झँदै म्यानचेस्टर युनाइटेडका पूर्व मिडफिल्डर ड्यारेन फ्लेचर भन्छन्, ‘पोचेटिनो एउटा बालक जसरी रोइरहेका थिए, जब उनीहरुले अन्तिम गोल गरेका थिए उनी घुँडा टेकेर बसेका थिए । उनलाई त्यस्तो देख्दा जो कोही पनि भावुक हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment