Comments Add Comment

प्रधानमन्त्री भियतनाम जाँदा भैरहवाका यात्रु ५ घण्टा अलपत्र

२६ वैशाख, बुटवल । काठमाडौं जाने विमानमा चढिसकेका यात्रुलाई ओरालेपछि भैरहवाको गौतमबुद्ध विमानस्थलमा तनाव भएको छ ।

बिहान ९ः४५ बजेको सौर्य एयरलाइन्सको फ्लाइट डिले ५ घण्टासम्म डिले (ढिलो) भएपछि यात्रु आक्रोशित भएका हुन् । सौर्य एयलाईन्सका कर्मचारीसंग यात्रुहरुले आक्रोश व्यक्त गर्दै झगडासमेत गरे । सो विमानबाट काठमाडौं जान ५० जनाले टिकट काटेका छन् ।

‘बिहान पौनै १० बजेको टिकट थियो, प्रधानमन्त्रीको विदेश भ्रमण भन्दै हामीलाइ विमानको ढोकैबाट ओरालियो’ नवलपरासीका सरोज केसीले अनलाइनखबरसंग भने । यात्रुको समयको कुनै महत्व नदिएको भन्दै विमानस्थलमा यात्रुहरुले बिरोध जनाएका हुन् ।

सौर्य एयरलाइन्सका अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीको भियतनाम भ्रमणले आन्तरिक उडान प्रभावित भएको भन्दै यात्रुलाई सम्झाई बुझाई गरेका थिए ।

प्रधानमन्त्रीको भ्रमणले आकाशको यात्रासमेत रोकिनु निकै दुखद भएको यात्रुहरुको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment