Comments Add Comment

एएफसी यू–१६ च्याम्पियनसिप छनोटमा नेपाल कठिन समूहमा

२६, वैशाख, काठमाडौं । एएफसी यू–१६ च्याम्पियनसिप छनोट फुटबलको खेल तालिका सार्वजनिक भएको छ ।

एसियाली फुटबल महासंघ (एएफसी) ले बिहीबार २०२० मा हुने एएफसी यू–१६ च्याम्पियनसिप छनोटको खेल तालिका सार्वजनिक गरेको हो । नेपाल रहेको समूह ए मा श्रीलंका, कुवेत, जोर्डन र ताजकिस्तान रहेका छन् ।

प्रत्येक समूहका विजेता राष्ट्रले २०२० मा सिंगापुरमा हुने एएफसी यू–१६ च्याम्पियनसिप फुटबल प्रतियोगिता खेल्न पाउने छन् । त्यस्तै, छनोट प्रतियोगिताका उत्कृष्ट चार उपविजेता टिमले पनि प्रतियोगिता खेल्न पाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment