Comments Add Comment

पुलिसले जित्यो पाथिभारा भलिबलको उपाधि

२६ वैशाख, काठमाडौं । त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लबले तेस्रो संस्करणको पाथीभरा राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।

ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित साँघुमा बिहीबार भएको फाइनलमा आर्मीलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिसले उपाधि जितेको हो । पुलिसले आर्मीलाई २५-१७, २५-१३ र २५-१९ को सेटमा हराएको हो ।

उपाधिसँगै पुलिसले नगद ३ लाख ५१ हजार ५ सयसहित ट्रफि हात पारेको छ । उपविजेतामा चिक्त बुझाएको आर्मीले भने १ लाख ७६ हजार २५१ नगद प्राप्त गरेको छ । सेमिफाइनल पुगेका दुई टोली एपीएफ र गण्डकी प्रदेशले समान ५०-५० हजार पाएका छन् ।

त्यस्तै पुलिसका ओपन स्पाइकर कुल बहादुर थापा उत्कृष्ट खेलाडी घोषित भए । उनले १५ हजार नगद प्राप्त गरेका छन् । उत्कृष्ट सर्भरमा पुलिसका विशाल बिक, सेटरमा कप्तान ईम बहादुर राना, डिफेन्डरमा भिम गाहा, ब्लकरमा दिपकराज जोशी र उत्कृष्ट प्रशिक्षक पुलिसकै सरोज श्रेष्ठ चुनिए । उत्कृष्ट स्पाइकरमा आर्मीका धन बहादुर भट्ट भए । विधागत उत्कृष्ट हुनेले जनही ७-७ हजार नगद प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment