Comments Add Comment

उपहार दिएर निक्षेप नतान्न बैंकहरुलाई राष्ट्र बैंकको निर्देशन

२६ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई निक्षेप तान्नका लागि उपहार दिने कार्यक्रम सञ्चालन नगर्न निर्देशन जारी गरेको छ । बिहीबार राष्ट्र बैंकले एकीकृत निर्देशन, २०७५ संशोधन गर्दै यस्तो निर्देशन जारी गरेको हो ।

बैंक तथा वित्तीय संस्थाहरुले निक्षेप संकलन गर्दा सुन–चाँदीका सिक्का लगायतका उपहार दिने योजना ल्याउने गरेका थिए । यस्ता कुनै पनि उपहार अब दिन नपाउने गरी राष्ट्र बैंकले निर्देशन दिएको हो ।

राष्ट्र बैंकले सहुलियत कर्जाका लागि ब्याजदर अनुदान सम्बन्धी कार्यविधि, २०७५ का केही बुँदाहरुमा समेत संशोधन गरेको छ । राष्ट्र बैंकले कार्यविधिको संशोधन गरेर भूकम्पपीडितको परिभाषा समेत परिवर्तन गरेको छ ।

भूकम्प पीडित भन्नाले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग सम्झौता गरी पहिलो किस्ता रकम प्राप्त गर्न नसकेको वा पहिलो किस्ता प्राप्त गरेर दोस्रो किस्ता प्राप्त नगरेका पीडितहरु पर्ने संशोधित कार्यविधिमा उल्लेख गरिएको छ । भूकम्पबाट आवास क्षति भएका सबै पर्ने यस अघि उल्लेख गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment