Comments Add Comment

४० गाईसहित तस्कर पक्राउ

२६ वैशाख, रौतहट । सिमावर्ती भारतीय बजारतर्फ गाई तस्करी गरेर लैजादैै गरेका तस्करलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रौतहटको इशनाथ नगरपालिका-३ बन्जरहाबाट भारततर्फ लैजादै गरेको अवस्थामा ४० वटा गाईसहित एकजना तस्करलाई रौतहट प्रहरीले नियन्त्रणमा लिएको हो ।

बिहीबार विहान ३ बजेको समयमा प्राप्त सूचनाको आधारमा खटेको प्रहरी टोलीले सिमावर्ती क्षेत्रको दशगजाबाट ४० वटा गाईसहित एक जना तस्करलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

पक्राउ पर्नेमा राजपुर नगरपालिका-५ का ४० वषर्ीय शेख नशिर रहेको प्रहरीले जनाएको छ । ४० वटा गाईलाई डोर्‍याएर नेपाल भारतको बन्जरहा नाका भएर भारततर्फ लैजादै गरेको अवस्थामा नशिरलाई पक्राउ गरिएको रौतहट प्रहरीका डीएसपी नविन कार्कीले बताए ।

नियन्त्रणमा लिएका ४० वटा गाईको ४ लाख ८ हजार मूल्याँकन गरेर नशिरलाई आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयमा बुझाएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment