Comments Add Comment

विद्युत नियमन आयोगले पूर्णता पायो, अध्यक्षमा सिंह नियुक्त

२६, वैशाख । काठमाडौं । सरकारले विद्युत नियमन आयोगमा पदाधिकारी नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले पाँच सदस्सीय पदाधिकारी नियुक्त गरेको हो ।

जलविद्युत क्षेत्रको प्रत्यक्ष नियमनकारी निकाय मानिने आयोगको अध्यक्षमा विद्युत विकास विभागका पूर्वमहानिर्देशक दिल्लीबहादुर सिंहलाई नियुक्त गरिएको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिए । आयोगका सदस्यहरुमा रामेश्वरप्रसाद कलवार, रामप्रसाद धिताल, रामकृष्ण खतिवडा र भागिरथी भट्टराई ज्ञवाली नियुक्त भएका छन् ।

आयोगमा सदस्य नियुक्त खतिवडा र ज्ञवालीबाहेक अन्य सबै जना जलविद्युत क्षेत्रका अनुभवी व्यक्ति हुन् । सदस्यमा नियुक्त कलवार नेपाल विद्युत प्राधिकरणका पूर्वनिर्देशक हुन् भने धिताल यसअघि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको कार्यकारी निर्देशक थिए ।

सदस्यहरु रामकृष्ण खतिवडा लगानीबोर्डमा कार्यरत अर्थविद् हुन् भने भागिरथी ज्ञवाली महिला कोटामा सदस्यमा नियुक्त भएको बताइएको छ । उर्जा मन्त्रालयका सह–प्रवक्ता गोकर्ण पन्थका अनुसार आयोगमा नियुक्तिका लागि सोमबार मन्त्रिपरिषदमा थप विवरण पठाइएको थियो ।

विद्युत नियमन आयोग ऐन २०७४ भदौ १९ गते प्रमाणीकरण भएको थियो । विद्युत नियमन आयोग नियमावली २०७५ जेठ ३० गतेको मन्त्रिपरिषद बैठकले पारित गरेको थियो । ऐन बनेको झण्डै दुई वर्षसम्म पदाधिकारी नापाउँदा आयोग अलपत्र बनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment