Comments Add Comment

राष्ट्र बैंकका ५ कार्यकारी निर्देशक विदामा

२६ वैशाख, काठमाडौं । केन्द्रीय बैंकका पाँच कार्यकारी निर्देशक बिहीबारदेखि विदामा बसेका छन् ।

३० वर्षे सेवा अवधिका कारण एक महिनापछि अवकाश पाउन लागेका कार्यकारी निर्देशक तथा प्रवक्ता नारायणप्रसाद पौडेल, अनुसन्धान विभाग प्रमुख नरबहादुर थापा, कार्यकारी निर्देशकहरु जनक अधिकारी, भीष्मराज ढुंगाना र झलक शर्मा आचार्यले बिहीबारदेखि विदा बसेका हुन् ।

पौडेल विदा बसे पनि प्रवक्ताको जिम्मेवारी तोकिएको छैन । सहप्रवक्ता रहेका निर्देशक गोविन्द नागिलाले पनि कार्यबाहकको जिम्मा पाएका छैनन् ।

‘हिजोसम्म नारायण सर नै प्रवक्ता हुनुहुन्थ्यो, आजबाट खाली भयो’ राष्ट्र बैंकका सहायक प्रवक्ता नागिललो भने, ‘हाम्रोमा कार्यबाहक तोकिदैन, मलाई लाग्छ सोमबार, मंगलबारसम्म नयाँ प्रवक्ता आउनु हुन्छ होला ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment