Comments Add Comment

मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु

२६ वैशाख, रामेछाप । सदरमुकाम मन्थलीमा मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ ।

बिहीबार खिम्तीबाट मन्थली आउँदै गरेको बा ४८ प ३०१८ नम्बरको मोटरसाइकलको ठक्करबाट घाइते भएकी लिखु तामाकोशी गाउँपालिका ७ तिल्पुङकी ६५ वर्षकी केशरी तामाङको उपचारको क्रममा तामाकोशी सहकारी अस्पतालमा मृत्यु भएको प्रहरी निरीक्षक शेख अदालतले जानकारी दिए ।

मोटरसाइकलचालक मन्थली नगरपालिका १ का रामकुमार श्रेष्ठ र मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ । मोटरसाइकलले मन्थलीको आकाशे भन्ने ठाउँमा वृद्धालाई ठक्कर दिएको थियो ।

यसअघि बुधबारमात्रै मन्थली नगरपालिका ९ पुरानागाउँमा बा ५१ प ६३६५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा खाँडादेवी गाउँपालिकाका लोप्साङ लामा र पुरानागाउँका ११ बर्षिय चोककुमार श्रेष्ठको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment