Comments Add Comment

बालुवाटार काण्ड २०४८ सालमै सुरु भएको हो : मन्त्री अर्याल

२६ वैशाख, रामेछाप । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पदमाकुमारी अर्यालले बालुवाटारको जग्गा अतिक्रमण कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री भएदेखिनै सुरु भएको बताएकी छिन् ।

बिहीबार रामेछापको मन्थलीमा नापी कार्यालय भवनको उद्घाटन गर्दै उनले अहिलेको सरकारले अतिक्रमणमा संलग्नलाई कारबाही गर्न खोज्दा उल्टो आलोचना भएको उनले गुनासो गरिन्।

नापी कार्यालयका सेवाग्राहीलाई छिटो, छरितो सेवा दिनु सरकारका लागि चुनौती रहेको पनि उनले बताइन् । सो चुनौतीलाई तोड्नको आफ्नो मन्त्रालय र सरकार प्रयासरत रहेको मन्त्री अर्यालको भनाइ छ ।

देशभरीका नापी कार्यालयमा अझै पनि बिचौलियाका कारण सेवाग्रहीको चाहना अनुसारको काम हुन नसकेको उनले बताइन् । मन्त्री अर्यालले अब छिट्टै आधुनिक प्रविधिबाट जनतालाई सेवा दिने गरी काम गर्न सरकार लागि परेको बताइन् । उनले देशभरि पुनःनापी गरी डिजिटल प्रणालीमा लैजान भू–उपयोग नीति पारित गर्ने तयारी भइरहेको पनि बताइन् ।

उनले नापी र मालपोतका १/२ जना कर्मचारीले अनियमित र भ्रष्टाचार गर्दा सबैको बदनाम हुने अबस्था भएकोले सुशासन आफैंबाट सुरु गर्नुपर्ने बताइन् । लेखापढी ब्यवसायी कार्यालय परिसरभित्र गएर ढड्डा बोक्ने मोठ भिडाउने र बिचौलियाको काम गर्ने गरिरहेको पाइएकोले अब यस प्रकारका सबै खाले समस्या समाधानका लागि डिजिटल प्रणालीमा कार्यालय जान लागेको उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment