Comments Add Comment

यात्रु जोखिममा पारेर मालसामान बोक्छन् सुदूरपश्चिमका बस

८ स्थानमा चेकपोस्ट, तर प्रहरी रमिते

२७ वैशाख, डडेल्धुरा । यात्रुवाहक सवारी साधनमा व्यापारिक प्रयोजनका सामान बोक्न पाइँदैन । तर, सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा सञ्चालन हुने अधिकांश यात्रुवाहक सवारी साधनले व्यापारिक प्रयोजनका सामान बोक्ने गरेका छन् ।

सामान बोक्दा दोहरो आम्दानी हुने भएपछि सुदूरपश्चिमका पहाडी जिल्लामा सञ्चालित यात्रुवाहक सवारी साधनले यात्रुको जीवनमाथि खेलबाड गर्दै व्यापारिक प्रयोजनका सामान बोक्ने गरेका हुन् ।

बसहरुले यात्रुवाहक बसको छत र भित्रै पनि क्विन्टलका–क्विन्टल व्यापारिक प्रयोजनका सामग्री र खाद्यान्न निर्वाध ढुवानी गर्ने गरेका छन् । जसका कारण पछिल्लो समय दुर्घटनाको दर बढेको छ ।

कैलालीबाट डडेल्धुरासम्म मात्रै ट्राफिकसहित आठ वटा प्रहरी चेक पोष्ट छन् । यी पोष्टहरुले सावरी दर्ता गरेर अगाडि बढाउने गरेका छन् । तर, नियमविपरीत मालसामन ढुवानीसमेत गर्दै आइरहेका यात्रुवाहक बसमाथि कारवाही गर्ने जाँगर प्रहरीले देखाएकाे  छैन ।

बरु ट्राफिक प्रहरीकै संलग्नतामा नियमविपरीतको काम हुने गरेको स्थानीयको आरोप छ । कानुनविपरीतका क्रियाकलापलाई समयमै नियन्त्रण गरी दुर्घटनालाई न्यूनीकरण गर्न उनीहरुले माग गरेका छन् ।

तर, ट्राफिक कार्यालय, डडेल्धुरा भने यात्रुवाहक बसमा सामान ढुवानी गर्न नदिएको बताउँछ । जिल्ला ट्राफिक कार्यालय, डडेल्धुराका प्रमुख देवबहादुर खत्री यसमा कडाइ गरिएको दाबी गर्छन् । यद्यपि, रातिको समयमा प्रहरीको आँखा छलेर सामान ढुवानीको काम भइरहेको उनले स्वीकारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment