Comments Add Comment

संसद् बैठकमा प्रि–बजेटबारे छलफल हुँदै

२७ वैशाख, काठमाडौं । संघीय संसदमा आजबाट प्रि–बजेट  छलफल सुरु भएको छ ।  अहिले ११ बजेबाट सुरु संघीय संसदको प्रतिनिधिसभा बैठकमा प्रि–बजेटबारे छलफल प्रारम्भ भएको हो ।

प्रतिनिधिसभाको आजको बैठकमा दुई वटा कार्यसची रहेको महासचिव मनोहरप्रसाद भट्टराईले जानकारी दिएका छन् ।

महासचिव भट्टराईका अनुसार बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले आ.व.२०७६/७७ को लागि विनियोजन विधयेकको सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल गरियोस भन्ने प्रस्ताव पेश गर्नेछन् ।

अर्थमन्त्रीको प्रस्तावपछि आगामी आर्थिक वर्षको विनियोजन विधयेकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) छलफल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment