Comments Add Comment

तीन दिनसम्म हावाहुरी र चट्याङसहित वर्षा : मौसमविद

२८ वैशाख, काठमाडौं । शनिबारदेखि सोमबारसम्म देशका अधिकांश स्थानमा हावाहुरी र चट्याङसहित वर्षा हुने मौसम विज्ञान विभागले जनाएको छ ।

मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार, आइतबार र सोमबारसम्म देशभर आंशिकदेखि सामान्य बदली रही वर्षा हुनेछ ।

मौसमविद विभूति पोखरेलले भारतको राजस्थानमा बनेको न्यूनचापीय क्षेत्र, पश्चिमी वायु र स्थानीय वायुको प्रभावले अब मौसम बदली हुनेछ । उनले भनिन्, ‘केही स्थानमा ठूलो पानी र केही स्थानमा असिनासमेत पर्ने सम्भावना छ ।’

शुक्रबारसम्म काठमाडौं उपत्यकामा चर्को घाम लागेको थियो । अब तीन दिनसम्म गर्मी केही कम महसुस हुनेछ ।

हेर्नुहोस् मौसम सम्बन्धी बुलेटिन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment