Comments Add Comment

सिन्धु कपको उपाधि जावलाखेललाई

सिन्धुपाल्चोक । चौथो नेपाल आइस सिन्धु कप फुटबलको जावलाखेल युथ क्लबले हात पारेको छ । बसन्तपुर खेल मैदानमा शनिबार भएको फाइनलमा जावलाखेलले गोर्खा युथ स्पोर्टस क्लब भैरहवालाई २-० गोल अन्तरले हरायो ।

खेलको १९ औं मिनेटमा जावलाखेलका डानेल बाजेले गोल गर्दै अग्रता दिलाए । पहिलो हाफमा नै भैरहवा १० खेलाडीमा सिमित भयो । विपक्षी खेलाडीलाई खराब ट्याकल गरेपछि अदमा रोम्बियालाई रेफ्रीले पहेँलो कार्ड देखाउन खोजे तर, रोम्बियाले रेफ्रीलाई नै दुव्र्यवहार गरेपछि सिधै रातो कार्ड पाए ।

खेलको ६१ औ मिनेटमा जावलाखेलका डानेलले दोस्रो गोल गरे । गोर्खाले खेलमा र्फकने प्रयास गरेपनि सफल भएन ।

युथ स्पोर्टस क्लब लामोसाँघुद्धारा आयोजित प्रतियोगिताको उपाधिसँगै जावलाखेलले ५ लाख हात पारेको छ भने गोर्खा युथ स्पोर्टस क्लबले २ लाख ५० हजारमा चित्त बुझायो ।

कार्यक्रममा सुनकोशी गाउँपालिकाले धावक जीतबहादुर केसी, तेक्वान्दो खेलाडी दिपक विष्ट, शारिरीक सुगठनका महेश्वर महर्जन, धाविका कान्छिमाया कोजु, भलिबलका भरतबहादुर शाह लगायतलाई सम्मान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment