Comments Add Comment

यस्तो सहर, जहाँ ठट्टा गर्न पाइँदैन

कतिपय मानिसलाई निकै धेरै ठट्टा गर्नुपर्दछ । ठट्टै ठट्टामा समय कटाउन मन पराउँछन् उनीहरु । तर यो दुनियाँमा एउटा यस्तो सहर छ, जहाँ तपाइँले ठट्टा गर्नुभयो भने तपाइँले जरिवाना तिर्नु पर्दछ ।

फिलिपिन्सको बिनालोनान सहरमा ठट्टा गर्ने मानिसलाई जरिवाना मात्र होइन सडक सफा र फोहोर उठाउने सजाय पनि दिइन्छ ।

सहरमा अफवाह फैलिनबाट रोक्नका लागि यस्तो नियम सुरु गरिएको छ । सहरका मेयर रेमन गइकोले उक्त कानून यही मे महिनादेखि लागू गरेका हुन् ।

फिलिपिन्सबाट २ सय किलोमिटर टाढा पर्ने उक्त सहरमा अनावश्यक गफ तथा कुराहरु गर्नुलाई गैरकानूनी ठहर गरिएको छ । सहरमा ठट्टा तथा अफवाहका कारण आपराधिक घटनामा वृद्धि भएको दाबी स्थानीय सरकारको छ ।

लागू भएको नयाँ कानून अनुसार अनावश्यक ठट्टा गर्नेलाई पहिलोपटक झण्डै ४ सय २० रुपैयाँ बराबरको जरिवाना गरिनेछ । त्यसका साथै ३ घण्टासम्म सडक सफा गर्ने तथा फोहोर उठाउनु पर्नेछ । दोश्रोपटक पनि अफवाह फैलाउने काम गरेमा जरिवाना तथा अरु सजायँ पनि बढ्नेछ । दोश्रोपटक ठट्टा गर्नेलाई झण्डै २१ सय रुपैयाँ बराबरको जरिवाना तथा ८ घण्टासम्म सडक सफा गर्ने सजायँ हुनेछ ।

स्मरण रहोस् बिनालोनानको छिमेकी सहर मोरेनमा पनि सन् २०१७ मा यस्तै नियम लागू गरिएको थियो । त्यहाँ ठट्टा गर्नेमाथि झनै चर्को जरिवानाको व्यवस्था छ ।

पछिल्लोपटक लागू गरिएको नियम अनुसार दिनभर ठट्टा गर्न नपाइएपनि रातको दश बजेपछि भने ठट्टा गर्न पाइन्छ ।

सरकारका अनुसार गर्मी बढेसँगै मानिसहरुमा ठट्टा गर्ने तथा अफवाह फैलाउने बानीमा वृद्धि हुन्छ । ४४ वर्षका मेयर रेमन गुईकोका अनुसार उक्त नियमबाट मानिसहरुले आफ्नो जिवनलाई उत्कृष्ट बनाउनका लागि प्रेरित हुनेछन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment