Comments Add Comment

एकनारायणको ‘छिपछिपे पानीमा’ दिलिप र सुरक्षाको छमछमी

काठमाडौं । एकनारायण भण्डारीको अर्को एक लोकगीत सार्वजनिक भएको छ । भण्डारीले आफ्नै शब्द र संगीतमा झण्डै एक वर्षपछि ‘छिपछिपे पानीमा लेउ’ बोलको गीत सार्वजनिक गरेका हुन् ।

गीतमा चर्चित गायिका विष्णु माझी र पिताम्बर जिसीको स्वर छ । भिडियोमा दिलीप रायमाझी र सुरक्षा पन्तले अभिनय गरेका छन् । भिडियोलाई प्रकाश भट्टले निर्देशन, राजेश घिमिरेले छायांकन र विष्णु शर्माले सम्पादन गरेका छन् । राग स्टुडियोमा रेकर्ड गरिएको यो गीतमा संगीत संयोजन आशिष अविरलको छ ।

बिहीबार युट्युबमार्फत् सार्वजनिक यो गीतले सोमबार बिहानसम्म झण्डै साढे ६ लाख भ्यूज पाइसकेको छ ।

एकनारायण भण्डारीका लालुपाते नुघ्यो भुइँतिर, सुपारी चाम्रो, फूलमा माहुरी डुल्ने बेलामा, जिम्माल बाको आँगनीमा, रातो पछ्यौरी, डाँफे नाचेर लगायतका धेरै लोकगीतहरु चर्चित छन् । ‘छिपछिपे पानीमा लेउ बोलको गीतबाट पनि अघिल्ला गीतहरुमा जस्तै दर्शक-स्रोताको माया पाउने विश्वास छ,’ उनले भने ।

यसअघि उनको लोकपप शैलीको ‘बुट्टे रुमाल’ बोलको गीत पनि चर्चित छ, जसमा विमलराज क्षेत्री र अञ्जु पन्तको स्वर छ भने प्रियंका कार्की र गम्भीर विष्टले अभिनय गरेका छन् ।

एकनारायण भण्डारीले लोकगीतसँगै आधुनिक र चलचित्रका गीत पनि लेखेका छन् । उनले लेखेको ‘म जिन्दगी नै भन्दिनँ’ गीत ए मेरो हजुर-३ चलचित्रमा समावेश छ । बन्धकी फिल्मको ‘मेरो मनैको फूल टिपी’बोलको गीत पनि एकनारायणले नै लेखेका थिए ।

अन्जु पन्तले गाएको ‘तिर्खा लाग्यो पानि खाएँ मैले के बिराएँ’, हेमन्त शर्माले गाएको ‘फूल हौ भने बसाइदेउ’ र कार्टुन क्रुको डान्सबिट ‘नाइ मलाई थाछैन’ लगायतका गीतहरु पनि उनैका सिर्जना हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment