Comments Add Comment

हामी एकअर्कालाई ट्रफी सुम्पिरह्यौं : धोनी

काठमाडौं । आइतबार भएको रोमाञ्चक भिडन्तमा चेन्नई सुपर किङ्ग्सलाई मात्र एक रनले हराउँदै मुम्बई इण्डियन्सले आईपीएलको उपाधि जित्यो ।

महेन्द्र सिंह धोनीको कप्तानीमा चेन्नईले आठौं पटक आईपीएलको फाइनल खेलेको थियो र चौथो पटक उपाधि जित्न चुक्यो । तर, धोनी मान्छन् कि उनको टिमले सुरुदेखि नै निकै राम्रो क्रिकेट खेल्यो । तर, मिडिल अडर ब्याटिङमा कमजोरी देखियो ।

उचार चढावपूर्ण फाइनलमा नाटकीय हार व्यहोरेपछि धोनलिे भने, ‘दुबै टिमले निकै गल्ती गरे र एकअर्कालाई ट्रफी सुम्पिरहे ।’

उनले अघि भने, ‘हामीले यो हेर्नुपर्छ कि हामी कसरी फाइनलसम्म पुग्यौं । मलाई लाग्दैन कि हामीले पहिले जस्तो राम्रो खेल्यौं र फाइनलमा पुग्यौं । हामीले अझै गर्न सक्थ्यौं । खासगरी मिडिल अर्डर ब्याटिङमा । सुरुदेखि नै हामीले यसलाई ठीक पार्न सकेनौं ।’

फाइनलमा दुबै टिममा रमाइलोसँग खेलेको भन्दै उनले भने, ‘कहिले हामीले उनीलाई ट्रफी दियौं, कहीले उसले हामीलाई । हामीले थुप्रै गल्ती गर्‍यौं र मुम्बई इण्डियन्सले पनि त्यही गर्‍यो । अन्तिममा त्यही टिमले जित्यो, जसले अर्को टिमभन्दा एक कम गल्ती गर्‍यो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment