Comments Add Comment

राजधानीको प्रस्ताव नल्याए कांग्रेसले प्रदेश ३ संसद् अवरुद्ध गर्ने

Photo Credit : फाइल तस्वीर

३० वैशाख, हेटौंडा । प्रमुख प्रतिपक्षी दल कांग्रेसले प्रदेशको नाम र राजधानीको विषयले प्रवेश नपाए प्रदेश ३ को आजबाट सुरु हुन लागेको वर्षे अधिवेशन अवरुद्ध गर्ने चेतावनी दिएको छ ।

प्रदेश नामांकन र स्थायी राजधानी तोक्न दबाव परे पनि प्रदेश ३ को संसदले अझै टुंग्याउन सकेको छैन । सत्तारुढ दल नेकपामै पनि राजधानी र प्रदेश नामांकनबारे सहमति जुट्न सकेको छैन । यसबारे मतान्तर कायम रहेका बेला प्रमुख प्रतिपक्षी दल कांग्रेसले दबावस्वरुप संसद् अवरुद्धको तयारी गरेको हो ।

प्रतीपक्षी दल कांग्रेसका नेता इन्द्र बानियाँले प्रदेश नामांकन र राजधानीले अलमलको स्थिति सिर्जना भएकाले छिटो टुंग्याउन आफ्नो पार्टीले दबाव दिन लागेको बताए ।

यसअघि प्रदेश ३ संसदले हिउँदे अधिवेशनको अन्त्यसम्म राजधानी र नामाकरणको विषय टुङ्ग्याउने बताएको थियो । तर, बर्षे अधिवेशनमा पनि यसलाई प्राथमिकताको १० औं नम्बरमा राखिएको भन्दै कांग्रेसले आपत्ति जनाएको छ ।

संसद् बैठक अहिले दिउँसो १ बजे बस्दै छ ।  सभामुख सानुकुमार श्रेष्ठका अनुसार प्रदेश नामांकन र राजधानीबाहेकका ८ विषयले आजको बैठकमा प्रवेश पाउँदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment