Comments Add Comment

सय वर्षकी आमा र ८२ वर्षका छोरा, यस्तो छ मार्मिक कहानी

जो कोही मानिसको जीवनमा आमा एक अनमोल धरोहर हुन् । आमाको महत्त्वलाई शब्दमा बयान गर्न सकिन्न । छोराछोरी चाहे जति नै ठूला किन नहोउन् आमालाई सानो बच्चा नै लाग्दछन् र आमाको मायामा कमी आउँदैन । बेलायतको लण्डनमा बस्ने एक वृद्ध आमा र उनका वृद्ध छोराको कथा यस्तै मार्मिक छ ।

१ सय वर्षकी आमा एडा किटिंग र उनका छोरा ८२ वर्षका टम कटिंग सँगै बस्दै आएका छन् । सन् २०१६ मा पत्नीको मृत्युसँगै टम एक्लो भए र लिभरपुलमा रहेको वृद्धाश्रममा जाने निधो गरे । छोराले वृद्धाश्रममा जाने फैसला गरेको थाहा पाएपछि उनकी वयोवृद्ध आमालाई चिन्ता भयो । छोरालाई वृद्धाश्रममा कसले स्याहारसुसार गर्ला ? भन्ने पीर उनलाई पर्यो । त्यसपछि उनी पनि छोरासँगै वृद्धाश्रम गइन् ।

वयोवृद्ध आमाछोराको यो जोडी विगत ३ वर्षदेखि यो वृद्धाश्रममा बस्दै आएको छ । यी आमाछोरा दिनभर साथमै रहन्छन् । यो उमेरमा पनि हाँसखेल गर्दछन् । रातमा छोरालाई सुताएपछि मात्र आमा सुत्न जान्छिन् । बिहानको खाजा पनि सँगै खान्छन् ।
एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment