Comments Add Comment

१६ लाख बराबरको प्रतिबन्धित भारुसहित ५ नेपाली पक्राउ

३० वैशाख, काठमाडौं । भारतमा प्रतिबन्धित एक हजार र ५ सय दरका गरी १६ लाख बराबरको नोटसहित ५ जना नेपाली पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धादिङका शम्भु परियार, दोलखाका रामविक्रम खड्का, कास्कीका सन्तोष थापा मगर, काभ्रेका धनध्वज तामाङ र राजेन्द्र घिसिङ छन् ।

महानगरीय प्रहरी परिसर, काठमाडौंले विशेष सूचनाका आधारमा ठमेलको होटल ब्लू मोहनबाट उनीहरुलाई पक्राउ गरेको हो ।

परिसरका डीएसपी होविन्द्र बोगटीले उनीहरुलाई गएराति पक्राउ गरिएको पुष्टि गरे ।

‘भारतमा प्रतिबन्ध भइसकेका नोटबाट यहाँ ओसारपसार हुँदैछ भन्ने सूचनाको आधारमा हाम्रो टोली गएको थियो’, बोगटीले अनलाइनखबरसँग भने, ‘त्यसआधारमा छापा हान्दा उनीहरु पक्राउ परेका हुन् ।

उनीहरुले कहाँबाट र के प्रायोजनका लागि ती नोट ल्याए भन्ने खुल्न सकेको छैन । यद्यपि, नेपालमा रहेका प्रतिबन्धित नोट सटही नभइसकेका वेला कुनै पनि वेला सहटी खुला गरिने प्रलोभनमा कारोबार भएको हुनसक्ने आशंका गरिएको छ ।

थप अनुसन्धान र कारबाहीका लागि उनीहरुलाई राजश्व अनुसन्धान विभाग, ललितपुर पठाइएको प्रहरीले बतायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment