Comments Add Comment

योगेश भट्टराईको प्रस्ताव : विकास खर्च गर्ने स्थानीय तहलाई पुरस्कार

३० वैशाख, काठमाडौं । नेकपा सांसद योगेश भट्टराईले आगामी बजेटमा विकास बजेट खर्च गर्ने स्थानीय तहलाई पुरस्कारको व्यवस्था गर्न सुझाव दिएका छन् ।

संसदमा भएको प्रि-बजेट छलफलमा भाग लिँदै भट्टराईले पूँजीगत खर्च ९० प्रतिशत कार्यान्वयन गर्ने गाउँपालिकालाई १५ र नगरपालिकालाई २० करोड अनुदान संघीय सरकारले दिनुपर्ने बताए । ‘यसो भएमा गाउँपालिका र नगरपालिकामा प्रतिस्पर्धा हुन्छ र विकास बजेट खर्च हुन्छ,’ उनले भनेका छन् ।

भट्टराईले स्थानीय तहलाई दिइने अनुदान दोब्बर गर्न पनि अर्थमन्त्रीलाई सुझाएका छन् ।

उनले एसईई परीक्षामा ‘ए’ प्लस ल्याउने सरकारी विद्यालयलाई संघीय सरकारले ५ करोडसम्म अनुदान दिन सुझाए । यसो भएमा शिक्षा क्षेत्रमा आमुल परिर्वतन हुनसक्ने उनको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment