Comments Add Comment

‘लभ डायरीज’मा सुशिलसँग रोमान्टिक रुबिना

चलचित्र ‘लभ डायरीज’को निर्माण टिमले फस्टलुक पोष्टरसँगै प्रदर्शन मिति तय गरेको छ । चलचित्रको फस्टलुकमा नव–नायिका रुबिना थापासँग नायक सुशिल श्रेष्ठ देखिएका छन् । टपलेस सुशिलको छात्तीमा टाउको राख्दै रुबिना रोमान्टिक देखिएकी छिन् । सौरभ चौधरीले निर्देशन गरेको यो चलचित्र असोजको ३ गतेबाट रिलिज हुने भएको छ ।

चलचित्रमा विश्वजित रिमाल, बिष्णु सापकोटा, अर्जुनजंग शाही, विशाल पहारीको पनि मुख्य भूमिका छ । चलचित्रमा सुशिल विदेशी मोजमस्तीमा रमाइलो गर्ने विग्रिएको यूवाको भूमिकामा छन् । चलचित्रले प्रेम र कमेडीलाई प्रस्तुत गरेको छ ।

विनोद सापकोटाको मुख्य लगानी रहेको चलचित्रमा सरोज तुलाधर पनि निर्माता छन् । साहिल खान एसोसियट निर्देशक रहेको चलचित्रमा उनकै सम्पादन छ । संजय लामाको छायांकन, कविराज गहतराजको कोरियोग्राफी रहेको चलचित्रमा अर्जुन पोखरेलको संगीत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment