Comments Add Comment

‘कबड्डी कबड्डी कबड्डी’को घोषणा, दयासँगै उपासना र कर्मा

चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’को निर्माण घोषणा भएको छ । जेठको ५ गतेबाट छायांकनमा जान लागेको चलचित्रलाई भदौदेखि तिहारसम्म जुनसुकै बेला पनि रिलिज गर्ने निर्माणपक्षको योजना छ । यो चलचित्र निर्माणअघि कलाकारको बिषयमा निकै ठूलो चर्चा भएको थियो । विशेषगरि, नायक प्रदिप खड्काको बिषयलाई लिएर चर्चा धेरै भयो । तर, चलचित्रको घोषणा कार्यक्रमसँगै अब कलाकारको चर्चा पनि सकिएको छ ।

यो चलचित्रमा अघिल्ला दुई सिरिजका मुख्य नायक दयाहाङ राई केन्द्रिय भूमिकामा रहनेछन् । चलचित्रमा नायिका उपासना सिंह ठकुरी र नायक कर्मा थपिएका छन् । यस्तै, चलचित्रमा नायिका रिश्मा गुरुङ, माओत्से गुरुङ, पुष्कर गुरुङ, कविता आले, विल्सन विक्रम राई, वुद्दि तामाङ, लुनिभा तुलाधर, बिजय बराल पनि मुख्य भूमिकामा छन् ।

स्वजातिय बिबाह र अन्तरजातिय प्रेमकथामा यो चलचित्र बन्नेछ । चलचित्रमा कमलमणि नेपाल, अरुणा कार्की, राजन खतिवडा, मणी के राई, डीबी गुरुङ, राजेन्द्र थापाको पनि अभिनय रहनेछ । बासुरी फिल्मस् र सिनेमा आर्टको प्रस्तुतीमा तयार हुन लागेको चलचित्रमा माउन्टेन स्टोरिज र नौमती इन्टरटेन्मेन्टको सहकार्य रहनेछ । चलचित्रमा मणिराम पोखरेल, अर्जुन कार्की, ओम चन्द रौनियारको लगानी छ ।

चलचित्रमा शैलेन्द्रध्वज कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन रहनेछ । चलचित्रका एक्टिङ कोच अनुप बराल हुन् । निर्देशक रामबाबु गुरुङले घोषणा कार्यक्रममा भने–‘दर्शकले यसअगाडिका २ सिरिजलाई पनि माया गरिदिनुभएको छ । यसपटक दर्शकको स्वाद अनुसारको चलचित्र बनाउनेछौ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment