Comments Add Comment

उपासना भन्छिन्–‘कबड्डी मैले हेरेको पहिलो फिल्म’

नायिका उपसना सिंह ठकुरी चलचित्र ‘क्याप्टेन’बाट नेपाली चलचित्रमा उदाएकी हुन् । यो चलचित्रमा उनले गरेको अभिनयको सर्वत्र प्रशंसा भयो । उपासना र नायक अनमोल केसीले अभिनय गरेको चलचित्रमा समावेश ‘रहर छ सँगै’ बोलको गीतलाई पनि दर्शकले रुचाए ।

यसपछि, उपासनाको माग चलचित्र क्षेत्रमा बढेको थियो । यही क्रममा उनी हिट चलचित्र ‘कबड्डी’को तेश्रो सिरिजमा आवद्ध भएकी छिन् । करिअरको दोश्रो चलचित्र नै उनले ‘कबड्डी कबड्डी कबड्डी’ खेल्नु आफैमा उनका लागि फाइदाजनक छ ।

नायिका ठकुरीले चलचित्रको घोषणा कार्यक्रममा आफूले हेरेको पहिलो नेपाली चलचित्र ‘कबड्डी’ भएको बताइन् । उनले भनिन्–‘मैले हेरेको पहिलो चलचित्र नै कबड्डी हो । मलाई यो चलचित्र निकै मन परेको थियो । यसको तेश्रो सिरिजमा जोडिन पाउँदा अत्यन्तै खुशी छु । म आफ्नो शत प्रतिशत दिने कोशिश गर्नेछु ।’

चलचित्रमा मल्टिस्टारर कलाकार भएकाले पनि उपासनाले आफ्नो उत्कृष्ट काम देखाउन आवश्यक छ । किनभने, ‘कबड्डी’को तेश्रो सिरिज उनका लागि अवसर र चुनौती दुबै हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment