Comments Add Comment

बियर मात्र पिएर ४६ दिनसम्म उपवास !

हामीकहाँ पानी तथा फलफूल खाएर उपवास बसिन्छ । कतिपय त निराहार पनि उपवास बस्दछन् । तर अमेरिकामा चाहिँ एकजना व्यक्ति बियर पिएर उपवास बसे । त्यो पनि एक दुई दिनमात्र कहाँ हो र ? पूरै डेढ महिना ।

अमेरिकाको ओहियो सहरमा बस्ने डेल हट नामका ती युवकले ४६ दिनसम्म बियर बाहेक अरु कुनै पनि खानेकुरा खाएनन् । ४६ दिनसम्म बियर डाइटिङ गर्दा उनको शरीरको वजन २० किलो घटेछ ।

डेल हट आफैं एक रक्सी उत्पादक कम्पनीमा काम गर्दछन् । बौद्ध भिक्षुले अपनाउने तरल भोजनको विधिबाट प्रेरित भएर आफूले केवल बियर मात्र पिएर उपवास बसेको उनको दाबी छ ।

बियर डाइटिङ गर्नुअघि उनको शरीरको वजन १३२ किलो थियो । जब उनले ४६ दिनसम्म केवल बियर मात्रै पिए, तब उनको तौल घटेर १ सय १२ किलो भएको छ

४६ दिनसम्म बियर मात्र पिउँदा आफूलाई कुनै पनि समस्या नभएको उनले बताए । बौद्ध भिक्षुहरुले उपवासका क्रममा पानीको विकल्पका रुपमा पोषक तत्वले भरिपूर्ण बियरको सेवन गर्ने र आजको समयमा त्यस्तो भोजन विधि निकै उपयोगी रहेको उनको दाबी छ ।

४६ दिनसम्म बियर मात्र पिएर उपवास बसेपछि आफू अहिले झनै तन्दुरुस्त तथा स्वस्थ महसूस गरेको उनी बताउँछन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment