Comments Add Comment

कुकुरको सहयोगमा चरेशसहित दुई जना पक्राउ

३१ वैशाख, काठमाडौं । नेपाल प्रहरीको तालिम प्राप्त कुकुरको सहायतामा प्रहरीले ३ सय ८४.५ ग्राम लागूऔषध चरेश बरामद गरेको छ ।

प्रहरकिो लागूऔषध नियन्त्रण ब्युराले कुकुरको सहयोगमा लागूऔषधसहित दुई जना पक्राउ गरेको हो । पक्राउ पर्नेमा काठमाडौंको पिपलबोटका राजु श्रेष्ठ र मकवानपुरको थाहा नगरपालिकाका रेवा पुरी छन् ।

ब्युरोका अनुसार श्रेष्ठलाई विमानस्थलको आन्तरिक उडान तर्फको पार्किङ स्थलबाट पक्राउ गरिएको हो भने पुरीलाई तिलगंगाबाट पक्राउ गरिएको हो ।

श्रेष्ठबाट ४.५ ग्राम र पुरीबाट ३ सय ८० ग्राम चरेश बरामद भएको थियो । श्रेष्ठबाट प्राप्त सूचना पछ्याउँदै जाँदा पुरी पक्राउ परेको प्रहरीको भनाइ छ ।

पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment