Comments Add Comment

सेयर बजार दोहोरो अकंले बढ्यो, कारोबार रकम एक अर्ब

३१, बैशाख । काठमाडौं । मंगलबार सेयर बजार परिसूचक नेप्से १४.१२ अकंले बढेको छ । उक्त बृद्धिसंगै नेप्से परिसूचक १३१५.४५ को विन्दुमा पुगेको छ । दोहोरो अंकको बजार बृद्धिसंगै कारोबार रकम पनि एक अर्ब ३ करोड नाघेको छ ।

कारोबार दिनमा १७० कम्पनीका ३१ लाख ६६ हजार कित्ता सेयर खरिद बिक्रि भयो । मंगलबारको कारोबार रकम अघिल्लो कारोबार दिनको भन्दा २८ करोड रुपैयाँले बढी हो ।

कारोबारमा आएका १२ उपसमुह मध्ये ११ उपसमुहको सूचक मंगलबार सकारात्मक बन्दा बजारमा दोहोरो अकंको सुधार देखिएको हो । व्यापार समुहको सूचक भने मंंगलबार ०.१७ अंकले नकारात्मक बन्यो ।
मंगलबार नेपाल बैंक, शिवम सिमेन्ट, कृषि विकास बैंक, एनसीसी बैंक, प्राईम कर्मशियल बैंक, अपर तामाकोशी, एनएमबी बैंक, जनता बैंक, प्रभु बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर उच्च कारोबार भयो ।
निर्जीवन बीमाको सूचक मंगलबार सबै भन्दा धेरै १४५.८४,उत्पादन तथा प्रशोधन ८४.७१, जीवन बीमा ४३.०८, होटल १७.५७, वाणिज्य बैंक १४.१४, विकास बैंक ११.६, माइक्रोफाइनान्स ९.५, फाइनान्स २.६९, हाइड्रोपावर २.५९, म्युचुअल फण्ड ०.०९, अन्य ०.०८ अंकले सकारात्मक देखियो ।

मंगलबारको कारोबारमा राष्ट्रिय बीमा कम्पनी, राष्ट्रिय बीमा कम्पनीका संस्थापक, शिवम् सिमेन्टका सेयरधनीले राम्रो प्रतिफल कमाए भने सूर्योदय लघुवित्त, जोशी हाईड्रोपावर, सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताले धेरै गुमाए ।

मंगलबार राष्ट्रिय बीमा कम्पनीको संस्थापक तथा सर्वसाधारण दुबै समुह र शिवम् सिमेन्टको शेयरमूल्यमा सर्किट लागेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment